• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

डा. पौडेलको तेस्रो कृति ‘लय छुटेको समय’


  •   आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
  • चितवन/चितवनस्थित भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलको तेस्रो कृति ‘लय छुटेको समय’ नामक पुस्तक विमोचन भएको छ ।   नवलपरासीको गैँडाकोटस्थित नारायणी रिसोर्टमा शनिवार एक कार्यक्रमका बीच सो पुस्तक विमोचन गरिएको हो । पुस्तकका लेखक डा. पौडेलको चिकित्सा शिक्षा अध्ययन गर्दाका गुरु समेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सो पुस्तक विमोचन गरेका हुन् । लेखक डा. पौडेलका अनुसार ‘लय छुटेको समय’ मा दुई खण्डका निबन्ध संग्रहहरु रहेका छन् । पहिलो खण्ड  उनका अनुसार यसको पहिलो खण्डमा उपचारको उपक्रममा २२ वटा शिर्षक छन् ।

    Advertisement

    जसमा रोगका जरा कहाँसम्म, अधबैँसेको प्रेम, असजिला अस्पतालहरू, उपचारमा विभेदैविभेद, कोभिड-१९ को समाजशास्त्र, नसाभित्र नसा, उपचारमा लोभको मात्रा, रोगको उपचार गरौँ कि गरिबीको, गिजोलिएको यौनजीवन, सिगरेट लभ, मृत्यु बेहोरेका बिरामी, स्पाइनल इन्जुरीसँग, पर्वत जिल्लामा काम गर्दा, रूप नै बैरी, सपनाका डोबहरू, पटकै-पटक चोटपटक, सङ्क्रमणका सकसहरू, बिरामी र डाक्टरका कथा, स्वास्थ्यमा समाजवाद, कोरोनामा उसको मृत्यु, शवले पनि सास्ती पायो र यसरी बचौँ कोभिङ-१९ बाट जस्ता शिर्षकहरू रहेका छन् ।  उनका अनुसार पहिलो खण्डमा मेडिकल सोसोलोजी अर्थात अस्पताल र मानिसहरुको मनोविज्ञान तथा भावनासँग सम्बन्धित विषयबस्तु समेटिएको छ ।  दोस्रो खण्ड डा. पौडेलको ‘लय छुटेको समय’ को दोस्रो खण्डमा कोरोना सुरु भएदेखि कोरोनाको दोस्रो कहरसम्मका घटना विवरण समेटिएको ‘लकडाउन डायरी’ रहेको छ । यस खण्डमा ३५ वटा शिषर्क छन् ।

    जसमा लकडाउन घोषणाले मख्ख, कोरोनाले बदलेको दैनिकी, कोरोनासँग नयाँ वर्ष, वीरगञ्जमा कोरोना, लकडाउनको अन्तिमतिर, खुकुलो लकडाउन र बाढी-पहिरो, निषेधाज्ञा सुरू, निषेधाज्ञाको दोस्रो दिन, आफैँ क्वारेन्टिनमा, दिनमै ५० जना पोजिटिभ, निषेध आदेशको लहर, भर्ना लिनै नमान्ने, साँच्चै डर लाग्न थाल्यो, रोगको चर्को रूप, विषाक्त समाचारहरू, डराउँदै उपचार, सुस्त र त्रस्त दिनहरू, असोज लाग्यो, आईसियू अभाव, कोभिड-१९ भ्याक्सिनको विकासक्रम, फटाफट पोजिटिभ, लज्जास्पद, दसैँ आयो फुस्सा, कोरोनो र म्यारोडोना, निरन्तरको कहर, माघे सङ्क्रान्ति, नयाँ कोरोना, खोप र कोरोना अपडेट, खोप लगाइयो, अस्पतालको वार्षिकोत्सव, नयाँ कोरोनासँग नयाँ वर्ष, नेपालगञ्जमा कोरोना, घर भित्रियो महामारी र मलाई माफ गर जस्ता शिर्षकहरू रहेका छन् ।  यी विषयवस्तुहरु यथार्थपरक र उत्कृष्ट प्रस्तुतिका साथ सिलसिला मिलाएर प्रस्तुत गरिएको छ ।   सानैदेखि साहित्यमा निकै रुची डा. पौडेलले सानैदेखि साहित्यमा निकै रुची राख्दथे । स्कुल पढ्दादेखि नै कविता, गजल, कथा तथा निबन्ध लेखनमा उनको निकै रुची थियो । अहिले पनि उनले चिकित्सा पेशासँगै साहित्यलाई समेत सँगसँगै लगेका छन् । उनले यसअघि २ वटा पुस्तक लेखिसकेका छन् ।

    जसमा ‘खुसीहरुको वनबास’ नामक कविता संग्रह र ‘कम्मरीदेखि कोभिड कहर’ नामक निबन्ध संग्रह रहेका छन् । निबन्धशैलीमा लेखिएको ‘लय छुटेको समय’ उनको तेस्रो कृति हो । यो पुस्तक बजारमा उपलब्ध भइसकेको छ । शनिवार औपचारिक विमोचन भएको यस पुस्तकको बजारमा निकै चर्चा छ ।  बहुउपयोगी पुस्तक ‘कम्मरीदेखि कोभिड कहर’ यसअघिनै प्रकाशित डा. पौडेलको स्वास्थ्य सम्बन्धी बहुउपयोगी पुस्तक हो ‘कम्मरीदेखि कोभिड कहर’ । कुल ३१ वटा लेख रहेको सो पुस्तकमा २१ वटा हाडजोर्नीसँग सम्बन्धित विषयवस्तु रहेको उनले जानकारी दिए । अन्य १० वटा लेख भने अन्य समसामयिक स्वास्थ्यसम्बन्धी रहेको छ । त्यसमध्ये पनि अन्तिमको लेख भने कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी रहेको छ । निबन्धात्मक शैलीमा लेखिएको सो पुस्तक सर्वसाधारणका लागि हाडजोर्नी तथा नसासम्बन्धी जानकारीका लागि उपयोगी हुने उनको भनाइ छ ।

    हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका सर्वसाधारणले सरल भाषाको सो पुस्तकमार्फत कतिपय उपचार घरमै बसेर गर्न सकिने उनको विश्वास छ । प्रा.डा. कृष्णप्रसाद पौडेल को हुन् ?  चितवनस्थित भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल पेसाले चिकित्सक हुन्‌ । अर्थोपेडिक विषयका प्राध्यापक उनी समाजशास्त्रमा पनि स्नातकोत्तर छन्‌ । चितवनमा प्रा.डा. कृष्ण चिकित्सा क्षेत्रको निकै चिरपरिचित एवम् चर्चित नाम हो । उनलाई नचिन्ने सायदै कम होलान । उनी निकै जुझारू एवम् केही गरेर देखाउनुपर्छ भन्ने चिकित्सक मध्यमा पर्छन् ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनपश्चात्‌ देशका विभिन्न अस्पतालहरूका साथै विदेशका अस्पतालहरूमा समेत उनले काम गरिसकेका छन्‌ ।  देश र विदेशमा अध्ययन, तालिम र काम गर्दा बिरामीलाई गर्नुपर्ने उपचारका साथै बिरामीले बोकेर ल्याएको समाज र परिवेशमा चासो राख्ने बानीले उनको मेडिकल सोसियोलोजीमा चाख बढेको हो ।  ‘लय छुटेको समय’ किताबमा एउटा चिकित्सकको आँखाले बिरामी र समुदायको दृष्टिले स्वास्थ्यकर्मी र अस्पताललाई हेर्दा निस्केका कुरालाई केलाइएको छ साथै कोभिड महामारीका वस्तुस्थितिहरूको अनुभव वर्णन गरिएको छ । यसमा निबन्धशैलीमा लेखिएका बिरामी र डाक्टरका कथाहरू छन्‌ ।   यसअघि प्रा.डा. पौडेलले नेपाल चिकित्सक संघ चितवनको अध्यक्षको कार्यभार समेत कुशलता पूर्वक सम्हाल्ली सकेका छन् ।

    आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.