भरतपुर/गीतानगरमा शनिवार बृक्षारोपण सम्पन्न भएको छ । गीतानगर बजार पुल क्षेत्र र राधापुर खेल मैदानमा गीतानगर ब्वाइज क्लबको आयोजनामा विविध जातका फलफुलका विरुवा रोपिएको हो । क्लबका अध्यक्ष सन्देश थापाका अनुसार अनुसार उन्नत जातका अमला, अम्बा, रुद्राक्षय, म्याङ्गोस्टीक, मसला, जामुन, गोल्डमोहर,आँप, साल लगाएत सयजति विरुवा रोपिएका छन् । बृक्षारोपण कार्यक्रममा भरतपुर ६ का वडा अध्यक्ष कृष्ण लाल श्रेष्ठ सहित जनप्रतिनिधि, क्लबका सदस्यहरु, स्थानिय ब्यवसायी, टोलविकासका प्रतिनिधिहरुको सहभागिता थियो ।
दुई दशक अघिसम्म नहरको छेउमा रुख विरुवा भएपनि अचेल विनास हुँदा उजाड भएकाले पहिल्यकै अवस्थामा फर्काउन र युवा पुस्तामा वृक्षारोपणको महत्व बुझाउन क्लबले नियमित कार्यक्रम अन्तर्गत वृक्षारोपण गरेको थापाले बताए । क्लबका पूर्व अध्यक्ष सुरज गोदारका अनुसार २०६६ सालमा स्थापना भएको यो क्लव सामाजिक उत्तरदायित्व अन्तरर्गत वातावरणको क्षेत्रमा पनि नियमित काम गर्दै आएको छ । प्रत्येक वर्ष गीतानगर ब्वाईज् क्लवले तिहारमा यहाँ पश्चिम चितवनकै भव्य सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।
गीतानगर ब्वाइज क्लबद्धारा वृक्षारोपण
गीतानगर ब्वाइज क्लबद्धारा वृक्षारोपण
Advertisement
तपाईको प्रतिक्रिया




