• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

यस्तो छ डेढ लाख लगानीबाट सुरु भएको ‘वेद’को ८० करोडको भ्यालुएसन यात्रा


  •   शनिबार, असार ३२, २०७९ मा प्रकाशित
  • काठमाडौं/ विश्वविख्यात फोर्बस् म्यागेजिनको एशियाकै प्रभावशाली ३० वर्षमुनिका युवा सूचीमा सुजित पाठक पनि दएिका छन् । २९ वर्षीय सुजित पाठक ‘वेद’का म्यानेजिङ डाइरेक्टर हुन् । कक्षासम्म फेल भइराख्ने सुजितले २२ वर्षको उमेरमै आफ्नो दुई जना साथीहरु निर्देश द्वा र सज्जन पियासँग मिलेर स्कूल, अभिभावक र शिक्षकबीचको ग्याप चिर्नका लागि ‘वेद’ नामक एप बनाए ।

    Advertisement

    स्कूल, अभिभावक र शिक्षकको बीचमा कुराकानी र सञ्चार गर्ने यो एप अहिले नेपालको ८ सय वटा स्कूलमा प्रयोग भइरहेको छ । त्यस्तै जापान र ब्रुनाईको एक–एक वटा स्कुलमा पनि प्रयोग भइरहेको छ । यसका साथै ‘वेद’ एपको छिमेकी राष्ट्र भारत र बंगलादेशमा पाइलटिङ परियोजना चलिरहेको छ ।

    सन् २०१६ मा एक लाख ५० हजार रुपैयाँ लगानी तथा एउटा टेवल र तीन वटा कुर्सीबाट सुरु भएको तीन युवाको आईटी परियोजना वेद अहिले ८० करोड मूल्यको ब्राण्ड बनिकसेको छ ।

    फेसबुक चलाए जस्तै सजिलो

    सन् २०१६ मा वेद एप इन्ग्रेल्स प्रालिले सञ्चालनमा ल्याएको ‘वेद’ विद्यालय व्यवस्थापनको सम्पूर्ण कार्य गर्ने सफ्टवयेयर हो । वेद एप्सलाई विद्यालय, शिक्षक र अभिभावकबीचको पुल पनि भन्न सकिन्छ । वेदले विद्यालयको आवश्यक डिजिटल प्रविधि, तालिम र परामर्श दिने गर्छ ।

    म्यानेजिङ डाइरेक्टर सुजितका अनुसार साक्षर अभिभावकका लागि वेद एप्स सहज छ । उनका अनुसार फेसबुक चलाए जस्तै सजिलो छ यो प्रणाली । अभिवावकहरुले धेरै कुरा बुझेका छन् । अभिभावकहरुलाई सहज हुनेगरी यस एप बनाइएको छ, जहाँ नेपाली भाषा पनि रहेको छ ।

    आइओएस तथा एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध यस एपमार्फत् विद्यार्थीहरुको अनलाइन कक्षा सञ्चालन, गृहकार्य, हाजिरदेखि शुल्क व्यवस्थापनसम्म गर्न सकिन्छ । विशेषगरी वेदले दैनिक रुपमा विद्यालय र विद्यार्थीका गतिविधि कैद गर्ने उनको भनाइ छ ।

    उनका अनुसार स्कूलको सूचना एपमा अपलोड गर्ने र एपमा आउने नोटिफिकेसनको अभिभावकहरुले रेस्पोन्स गर्न सक्नेछन् । विद्यार्थी स्कुल ढिला आएकोदेखि खाजा खाए नखाएको, बिरामी परे नपरेको सबै सूचना यसमार्फत दिन तथा लिन सकिन्छ । पछिल्लो समय स्कुलको सम्पूर्ण प्याकेज बस ट्रयाकिङ, टिफिन व्यवस्थापन, स्कुलको लेखाप्रणाली, शिक्षकको तलब सबै यही प्रणालीबाट पाठकको भनाइ छ ।

    ‘वेद’को पहिलो ग्राहक टेन्ट जेभियर्स

    जुनसुकै कामको सुरुवाती दिन कठीन नै हुन्छन् । सुजित, निर्देश र सज्जनलाई वेद एप्सका लागि पहिलोपटक ग्राहक खोज्न निकै गाह्रो भएको थियो । तर, तीन युवामाथि विश्वास गर्ने पहिलो विद्यालय बनेको थियो सेन्ट जेभियर्स स्कूल । सेन्ट जेभियर्ससँग स्विकृति पाउन पनि उनीहरुलाई हम्मे हम्मे परेको थियो ।

    भेट्न समय नपाइरहेका बेला सेन्ट जेभियर्सका फादरले उनीहरुलाई अचानक ३० मिनेटभित्र आउने अल्टिमेट दिएको थियो । फादरले सो समयभित्र आए एप लिने अन्यथा नलिने भनि उनीहरुलाई धम्काएपनि समय नकट्दै हतार–हतार उनीहरु सेन्ट जेभियर्स पुगे र अन्ततः एप लिन पनि मनाए । सुरुवातमै शिक्षा क्षेत्रमा परिचित नाम सेन्ट जेभियर्सले उनीहरुलाई मौका दियो । त्यसपछि उनीहरुले फर्केर हेर्नु परेको छैन ।

    पहिलो वर्ष नै १५ वटा स्कुलमा वेद एप्स सञ्चालन

    सेन्ट जेभियर्सको विश्वास जितेसँगै सुरुवात भएको पहिलो वर्ष नै १५ वटा स्कुलमा वेद एप्स सञ्चालन गरिएको थियो । सेन्ट जेभियर्सपछि वेद एप्सका लागि ३ दिनमा नै अन्य ४ वटा विद्यालयबाट प्रस्ताव आएको थियो । त्यसका लागि १५ दिन उनीहरुले रातभर काम गरेका थिए । यसरी एकपछि अर्को स्कुल गर्दै, विद्यालय र ग्राहककै भरमा वेद एप्स फैलँदै गएको छ ।

    कम्पनी विस्तार हुने क्रममा ८ वर्षमा ८ सय स्कुल वेदसँग आबद्ध रहेका रहेका पाठक बताउँछन् । उनले ८ सय स्कुलमध्ये आफूहरुले मुश्किलले २ देखि ३ सय स्कुलमा डोर टू डोर पुगेको बताउँछन् । बाँकी सबै ग्राहकहरुले नै गरेको प्रचारबाट आफूहरुको सेवाग्राही थपिएका उनको भनाइ छ ।

    जापान र ब्रुनाईमा वेद एप्स

    वेद एप्स नेपालमा मात्र नभएर विदेशसम्म पुगिसकेको छ । ब्रुनाई र जापानको एक–एक वटा स्कुलमा वेद लन्च गरिएको पाठक बताउँछन् । यसका साथै बंगलादेश र भारतमा पनि पाइलटिङ भइरहेको छ । वेद एपले स्कुलको आवश्यकताअनुसार काम गर्ने उनको भनाइ छ ।

    वार्षिक कारोबार ६ करोड रुपैयाँ बढी

    सन् २०१६ मा एउटा सानो कोठामा एउटा टेबलमा सीईओ निर्देश झा, सीओओ सन्जन पिया र एमडी सुजित पाठक (तीन जना) बसेर काम थालेका थिए । कम्पनी सुरु गर्दा उनीहरुले प्रतिब्यक्ति ५० हजार रुपैयाँका दरले १ लाख ५० हजार रुपैयाँ लगानी गरेका थिए ।

    तर सात वर्षमा कम्पनीको दायरा र सफलता फराकिलो भएसँगै कम्पनीको भ्यालुएसन ८० करोड रुपैयाँ पुगेको छ । वेद एप्सको वार्षिक कारोबार ६ करोड रुपैयाँ भन्दा बढी भएको सुजितको दाबी छ । उक्त सफलताको पछाडि यी तीन युवाहरुको अथक प्रयास, लगाव, मिहेनत र योगदान रहेको छ ।

    मासिक २ लाख भन्दा बढी आउटसोर्सिङ गरेर कमाइरहेका युवाहरुले पैसालाई चटक्कै माया मारेर एक वर्ष शून्य पारिश्रमिकमा काम गरेका थिए ।

    शनिबार, असार ३२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.