• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

बुटवल-नारायणगढ सडकको म्याद सकियो

"४१ महिना बितिसक्दा १९ प्रतिशत मात्रै काम "

  •   शनिबार, असार ३२, २०७९ मा प्रकाशित
  • चितवन/बुटवल-नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ । यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा १९ प्रतिशत मात्रै काम भएको हो ।बुटवल–नारायणगढ सडकको लम्बाई ११४ किलोमिटर छ । साढे तीन वर्षमा १९ प्रतिशत काम भएको हुँदा सडक निर्माण सम्पन्न हुन करिव १५ वर्ष लाग्ने देखिएको छ । दैनिक सानाठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा प्रभावित भएका छन् । त्यस्तै यो सडक खण्ड भएर ओहोर दोहोर गर्ने यात्रीहरुले पनि सास्ती भएका छन् ।
    सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकोमा अहिले ५–७ घण्टा लाग्ने गरेको एमाले नवलपरासीका सांसद तिलक महतले बताए । आफूले यसबारे बारम्बार संसदमा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको गुनासो गरे ।
    सडक आयोजनाले भने कोरोना महामारी, ‘साइट क्लियर’ र रूख कटानमा ढिलाइ हुँदा सडक बिस्तारको काम समयमै हुन नसकेको दावी गरेको छ । जंगल क्षेत्रमा चारलेन र बस्तीमा ६ लेन सडक बिस्तार गर्ने गरी २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा यसको शिलान्यास गरेका थिए । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यो सडक बिस्तारको योजना ल्याउँदै बजेट छुट्टयाएका थिए । २०७९ साउन २२ गतेभित्र निर्माण पूरा गर्ने गरी सडक विस्तारको काम थालेको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गरेको छ । सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपियाँमा ठेक्का सम्झौता भएको हो । बुटवल–दाउन्ने र दाउन्ने–गैंडाकोट गरी दुई खण्डमा विभाजन गरेर सडकको काम थालिएको छ ।

    बुटवल–दाउन्ने पश्चिम खण्डअन्तर्गत पर्ने ४८ किलोमिटरको २० प्रतिशत काम भएको आयोजनाका परामर्शदाता सुशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दाउन्ने–गैंडाकोट खण्ड ६५ किलोमिटर सडकको १८ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म झण्डै ८५ वटा कल्भर्ट निर्माण भएका छन् भने ५० कल्भर्टका अधिकांश काम सकिएको छ । सडकमा २४० कल्भर्ट निर्माण गर्नुपर्नेछ । दाउन्ने पश्चिमतर्फ नौ वटा ठूला मोटरेबल पुल बनाउनुपर्नेमा तीन वटा निर्माण पूरा भएका छन् भने तीन वटा पुल सम्पन्न हुने चरणमा पुगेका छन् । सडक खण्डमा ११ हजार मिटर नाली बनेको छ भने माटो भर्ने काम १३ हजार मिटर क्षेत्रमा गरिएको छ । सडकको कूल लागतमध्ये एसियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

    Advertisement

    शनिबार, असार ३२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.