भरतपुर/“सुरक्षित साकोसः दीगो अभियान” तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष राजु पौडेलको सभापतित्वमा सम्पन्न कार्यशालामा जिल्ला सहकारी संघ लि।चितवनका अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका कोषाध्यक्ष टिकाराम भट्टराई प्रमुख अतिथि रहनुभएको थियो भने चितवन जिल्ला वचत सहकारी संघ लि।का अध्यक्ष हरिशचन्द्र सुवेदी विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालय चितवनका इन्चार्ज यमकला पौडेल, चितवन औद्योगिक विकास साकोसका पूर्व अध्यक्ष एवं सल्लाहकार भेषराज दुवाडी, पूर्व अध्यक्ष एवं सल्लाहकार त्रिलोचन कँडेल, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, चितवन औद्योगिक विकास साकोसका सचिव सुधा सुवेदी पौडेल, साकोसका कोषाध्यक्ष एवं कर्बस् कार्यदलका संयोजक दुर्गाप्रसाद भण्डारी, लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्द प्रसाद अर्याल, शिक्षा उपसमिति संयोजक दण्डपाणी भट्ट, चितवन औद्योगिक विकास साकोसका सञ्चालक सदस्यहरु भुमा आचार्य, ताराबहादुर कार्की, महेन्द्र बानियाँ, गोपाल प्रसाद गैरे, चितवन औद्योगिक विकास साकोसका भ्रमण व्यवस्थापन उपसमितिका संयोजक मदन चिरञ्जीवी पोखरेल, महिला उपसमिति संयोजक पार्वती सुवेदी कुँबर, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, साकोसका व्यवस्थापक प्रमिला थापा, संघका सञ्चार अधिकृत राजु भट्ट, संघकी कार्यालय सहायक सावित्री पौडेल, साकोसका कार्यालय सहायक प्रवेश अधिकारी, कर्बस् चितवन दोस्रो समूहका सदस्य सहकारीका व्यवस्थापक एवं सञ्चालक समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु पौडेलले कार्यक्रमको उद्देश्य सहित स्वागत गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरुले सहकारी जन्मदाता एफ डब्लु राइफसन र नेपालका बखान सिं गुरुङको तस्वीरमा माल्यार्पण गरी संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
कार्यशालामा सहभागीहरुलाई नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले प्रशिक्षण दिनुभएको थियो । चितवन औद्योगिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई औद्योगिक साकोसका उपाध्यक्ष युग राज वस्तीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




