पोखरा लेडिज जेसिज को आयोजना र पोखरा महानगरपालिका वार्ड न ४ को सहकार्य मा आयोजना गरिएको Happy Leader Change The World विषयक तालिम सम्पन्न भएको छ ।पोखरा महानगरपालिका वार्ड नं ४ को सभाहलमा भएको उक्त कार्यक्रम को सभाध्यक्षता मा पोखरा लेडिज जेसिज वर्ष २०२२ कि निवर्तमान अध्यक्ष जे सी विनिता सापकोटा हुनुहुन्थ्यो । त्यसै गरी प्रमुख अतिथी वार्ड नम्बर ४ का वार्ड अध्यक्ष देव कृष्ण पराजुली हुनुहुन्थ्यो। प्रमुख अथिति पराजुलीले महिलाहरुले पनि यो देशको नेत्रीत्वमा आफ्नो योगदान देखाउन सक्छन्, सुखी नेत्रीत्वका कारण देशको युवाहरुले परिवर्तनलाई अगाडि बढाउन उल्लेखनीय भूमिका निर्वाहा गर्न सक्ने धारणा राख्दै सबैलाई देश विकासमा अगाडि बढ्नका लागि सर्वप्रथम यस्ता तालीम र अभ्यास काे माध्यम द्वारा जीवन लाई परिवर्तन गराउँदै अगाडि बढ्न लाई पनि आग्रह गर्नु भएको थियो। त्यसै गरी वार्ड नं ४ का सदस्य पार्वती माकाजुले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरा लेडिज जेसिज ले गरेको यो तालिमबाट धेरै महिलाहरु लाभानवित हुन भन्दै खुसी व्यक्त गर्नु भएको थियो।प्रमुख प्रशिक्षक जेसिआई सिनेटर विकल शेरचनको प्रशिक्षणमा संचालित उक्त तालिमको सञ्चालन सचिव प्रमिला सुवेदी र स्वागत मन्तव्य कार्यकर्म संयोजक इन्द्राणी चालिसे सुवेदीले गर्नु भएको थियो। कार्यकम मा ५५ जानको उपेस्थित रहेको थियो भने कायकर्म मा धन्यबाद सहित समापन मन्तब्य सभाध्यक्ष बिनिता सापकोटा ले गर्नु भएको थियो
पोखरा लेडी जेसीज र पोखरा महानगरपालिका वडा न ४ द्वारा संयुक्त तालीम Happy leader change the world training सम्पन्न
पोखरा लेडी जेसीज र पोखरा महानगरपालिका वडा न ४ द्वारा संयुक्त तालीम Happy leader change the world training सम्पन्न
तपाईको प्रतिक्रिया




