भरतपुर /भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले अपांगतामैत्री समाजको खाँचो रहेको बताउनु भएको छ । उप प्रमुख अधिकारीले अपांगता भएका ब्यक्तिहरुलाई अवरोध गर्ने तत्त्वहरूलाई अनुसन्धान गरेर निर्मुल पार्न सकेको खण्डमा मात्रै अपांगतामैत्री समाज निर्माण गर्न सकिने बताउनु भयो । अपांग समाज चितवनले आज भरतपुरमा आयोजना गरेको अपांगता सहायक सामाग्री बितरण कार्यक्रमको उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले अपांगता भएको व्यक्तिको जिन्दगीमा सुधार ल्याउनु सजिलो कार्य नभएको पनि बताउनु भयो ।

अर्थपूर्ण परिवर्तनले मात्रै अपांगतामैत्री घरको कल्पना गर्न सकिने छ उप प्रमुख अधिकारीले भन्नू भयो । अपांगता भएकाहरूलाइ शत्रु बनेर होईन मित्र बनेर उनिहरुको सुख दुखमा साथ दिन सक्यौं भनेमात्र हाम्रो समाज अपांगताका लागि मैत्रीपूर्ण बन्न सक्छ उहाँको कथन थियोे । कार्यक्रमा ६ जनालाइ कृतिम हातखुट्टा बितरण गरिएको थियोे । जस अन्तर्गत एके खुट्टा २ वटा, बिके खुट्टा २ वटा र क्यालिपर ३ वटा गरि ७ थान अपांगता सामाग्री बितरण गरिएको थियोे । कार्यक्रमलाई भरतपुर महानगर पालिकाले आर्थिक सहयोग प्रदान गरेको थियोे । कार्यक्रम सस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियोे ।




