भरतपुर/भरतपुर महानगर पालिका वडा न ७ ले आफ्नो वडामा स्थायी रुपमा बसोबास गर्ने वृद्ध बृद्धाहरुलाइ आज एक कार्यक्रमका बिच सम्मान गरेको छ । ७९ बर्ष पूरा भएका वडा भित्रका जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको कार्यक्रम सयोजक मीन बहादुर गुरुङले जानकारी दिनु भयो । गुरुङले जेष्ठ नागरिकहरु ज्युदो इतिहास भएकोले वहाँहरुलाइ हौसला प्रदान गर्नको लागि सम्मान गरिएको पनि बताउनु भयो । वडा अध्यक्ष राजेन्द्र मणि काफ्लेले जेष्ठ नागरिक सम्मान कार्यक्रम निरन्तर रुपमा भइ रहने कार्यक्रम अन्तर्गत नै भएको बताउनु भयो । कार्यक्रममा ६५ जनालाइ रामनमी,मायाको चिनो र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियोे ।
Advertisement




