• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

उत्कृष्ट विद्यार्थीलाई जागिर लगाइदिँदै मनास्लु वर्ल्ड कलेज पढाउँदै

"विदेशी विश्वविद्यालय सम्बन्धन लिँदै मनास्लु कलेज "

  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
  • काठमाडौं /काठमाडौंको चावहिल ७ चुच्चेपार्टीमा रहेको मनास्लु वल्र्ड कलेजले अरु कलेजभन्दा फरक विशेषता बोकेको छ । कलेजमा आउने जोसुकै विद्यार्थी पनि यहाँको वातावरण, विशेषता र उच्च प्रकारको गुणस्तरीय शिक्षाबाट लोभिने गरेका छन् । कलेजका प्रबन्ध निर्देशक राजन श्रेष्ठले विद्यार्थीको अध्ययनका लागि उपयुक्त वातावरण भएको बताएका छन् । ‘यो कलेजले विद्यार्थीका लागि हरेक प्रकारको सहुलियत दिएको छ, पढाइका अतिरिक्त अन्य अभ्यास पनि गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्दो छ’ उनले भने ‘हामीले अरु क्याम्पससँग प्रतिस्पर्धा गर्ने सोच बनाएका होइनौं, आफ्नै मिहनेत र लगनशीलताबाट क्याम्पसलाई यहाँसम्म ल्याएका छौं, उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने हाम्रो लक्ष्य हो ।’ कलेज कोरोनाको सुरुवात भएको बेला स्थापना भएको हो ।

    Advertisement

    कोरोनाको त्रास बढेर के होला अब भन्ने नै अन्यौल भएको बेला कलेज स्थापना गर्नु आफैंमा चुनौती भएको श्रेष्ठ बताउँछन् । ‘त्यो बेला धेरै ठूलो रिक्स मोलेका हौं, संयोग भनौं वा हाम्रो भाग्य भनौं बिस्तारै अघि बढिरहेका छौं’ श्रेष्ठले भने ‘कोही पनि विद्यार्थी र अभिभावक यहाँ आएर बुझेपछि बाहिरको क्याम्पस रोज्नुहुन्न ।’ कलेजले कक्षा ११ मा सुरुमा भर्ना हुने १ सय जनालाई ५० प्रतिशत निःशुल्क सुविधा दिएको छ । प्रबन्ध निर्देशक श्रेष्ठले एस्इइको परीक्षाफल नआए पनि विद्यार्थीहरु काउन्सिलका लागि कलेजमा आउँदै गरेको स्पष्ट पारेका छन् । ‘हामी जे छ त्यो भन्छौं, नभएको कुरा गरेर विद्यार्थीलाई झुक्याउने हाम्रो चलन छैन’ श्रेष्ठ भन्छन् । यो वर्ष ११ कक्षामा भर्ना लिँदा तेश्रो वर्ष हुन्छ । सुरुकै वर्षमा सोचेअनुसार विद्यार्थी भर्ना भएकोमा कलेज झन् उत्साहित बनेको छ । पहिलो वर्ष नै ४ सय विद्यार्थी भर्ना भएका थिए । अहिले स्कुल र क्याम्पस गरी झण्डै २ हजार विद्यार्थी अध्ययनरत छन् । १० जोड दुईमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा र व्याचलरमा बीबीएस् पढाई भइरहेको छ । क्याम्पसले आगामी दिनमा बीएस्डब्लु, बीबीए, बीएच्एम् र एम्बीए पनि थप गर्ने योजना बनाएको छ । श्रेष्ठले केही समयमै यीसहित अरु पनि विषय थप गर्दै जाने जनाए । २०७६ सालमा मनास्लु टिम अफ इन्टरप्रिनरको स्थापना गरी त्यसैबाट सञ्चालित कलेजले उत्कृष्ट र कामको खोजीमा रहेका विद्यार्थीलाई रोजगारको व्यवस्थापन पनि गरिदिएको छ ।

    कलेजले दिएको सुविधाका आधारमा स्वभाविक शुल्क भएको क्याम्पसले जनाएको छ । कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई रोजगारको अवसर पनि उपलब्ध गराइएको भन्दै थपे ‘विद्यार्थीले मेरो यो ज्ञान छ र म रोजगार गर्न चाहन्छु भनेको खण्डमा हामी समन्वय गरिदिन्छौंं ।’ अध्यक्ष लामाले धेरै विद्यार्थीले यसरी रोजगार पाउँदा उनीहरुमा पढाइप्रतिको आकर्षण थपिएको बताए । लामाले विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिको उपयुक्त सल्लाहका आधारमा क्याम्पस अघि बढेको बताए । लगभग १७ वर्षअघि स्थापित प्राक्सिस इन्टरनेशनलाई मनास्लुको टिमले लिएर मनास्लुकै नाममा सञ्चालन गरिरहेको छ । अध्ययनका साथै कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि उति नै ध्यान दिएको छ । राम्रो खेलाडी, गायक, नृत्यकारका साथै कुनै न कुनै विधामा सक्रिय विद्यार्थीलाई पनि विशेष प्रकारको सहुलियत दिएको छ कलेजले । मनास्लु टिमले केही समयमै सहकारी, ट्राभल, कन्सल्टेन्सीसँगै होमस्टे पनि सञ्चालन गर्ने तयारी गरेको छ । ‘हाम्रा धेरै लक्ष्य छन्, जे सोचेका छौं त्यो पूरा हुँदै गएको छ’ प्रबन्ध निर्देशक श्रेष्ठले भने ‘मनास्लुले समाजका हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउँछ ।’ प्रवेश परीक्षामा उत्कृष्ट हुने, एस्इईमा जिल्लामै उत्कृष्ट विद्यार्थीलाई पनि कलेजले सहुलियत दिएको छ ।

    कलेजले विदेशका विश्वविद्यालयसँग पनि समन्वय गर्दै नयाँ कोर्ष ल्याउने योजना गरेको छ । विदेशी विश्वविद्यालयको सम्बन्धन लिएपछि नेपाल र विदेशी विश्वविद्यालयसँग सांस्कृतिक आदानप्रदान गर्ने तयारी छ । श्रेष्ठले निकट भविष्यमा पीएच्डी कोर्ष पनि पढाउने आन्तरिक गृहकार्य गरिरहेको बताएका छन् । चावहिलको केएल् टावरनजिकै रहेको कलेज हरेक प्रकारले उपयुक्त लोकेशनमा रहेको छ । प्रशस्तै मात्रामा पुस्तक र सुविधासम्पन्न लाइब्रेरी, साइन्स ल्याव कलेजको अर्को मुख्य विशेषता हो । अंग्रेजी माध्यममा पढाई हुने कलेजमा बिहान र दिउँसो जुनसुकै समयमा पनि विद्यार्थीले पढ्न पाउँछन् । आर्थिक अभावका कारण कसैले पनि कलेजमा पढ्ने अवसरबाट वञ्चित हुनु नपरेको कलेजको भनाई छ । मनास्लु टिमले सामाजिक काममा पनि सक्रियता बढाएको छ । भूकम्प र बाढीपहिरोको बेला मनास्लु टिमले सम्बन्धित ठाउँमा गएर राहत वितरण गरेको थियो । ‘कोरोनाको समयमा पनि हामीले मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री वितरण ग¥यौं’ मनास्लु टिमका अध्यक्ष लामाले भने ‘हामी एकातिर शिक्षा दिएर विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउँछौं भनें अर्कोतिर सामाजिक काम गरेर आफ्नो धर्म निर्वाह गर्छौं ।’

    शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.