भरतपुर/भरतपुरका ८ वटा वडामा २ दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । जीर्ण फिडर स्तरोन्नती गर्न भरतपुर महानगर क्षेत्रका ४ फिडर अन्र्तगतका क्षेत्रहरुमा यही १० र ११ गते विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
Advertisement
भरतपुर १ फिडर अन्र्तगतका वडा नम्बर ७, १०, भरतपुर २ फिडर अन्र्तगत वडा नम्बर १२, वडा नम्बर ८ को गौरीगञ्जसम्म, औद्योगिक फिडर अन्र्तगत वडा नम्बर ९, ८, ५ नम्वर वडामा रहेका उद्योगहरु, गणेशस्थान फिडर अन्र्तगत वडा नम्बर ११, भरतपुर २ को केही भाग पोखरा बसपार्क क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले बसेनी स्थित सवस्टेशनबाट विद्युत वितरण हुने क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध हुने बताउनुभयो । उहाँले फिडरहरुको स्तरोन्नतीको काम गर्नका लागि २ दिन विद्युत सेवा अवरुद्ध गर्नुपरेको बताउनुभयो ।




