• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

२० वर्ष पर्यटक बोकेपछि बेवारिसे भएको काजलकली मृत्यु कुर्दै


  •   सोमबार, असार ०६, २०७९ मा प्रकाशित
  • चितवन/ पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्‍याउने गरेका छन् । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती अहिले बेवारिसे भएको छ । बेच्ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तीको जिम्मा नलिएपछि हात्ती बेवारिसे भएको हो । उक्त हात्ती पाँच महिनादेखि बिरामी छ ।

    Advertisement

    २० वर्ष पर्यटक बोकेको काजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको छ । करिब ७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुँदा उसले मृत्यु कुर्नुको विकल्प नभएको पशु अधिकारकर्मी सुराजन श्रेष्ठले बताए । लामो समय पर्यटक बोकेर सौराहाको पर्यटन विकासमा योगदान दिएको हात्ती उपचार अभावमा मर्न लाग्नु दुर्भाग्य भएको उनी बताउँछन् ।

    ‘हात्ती बिरामी भएको पाँच महिना भइसक्यो । बेच्नेले जिम्मा नलिने र सरकारी पक्षबाट निकुञ्जले पनि जिम्मा नलिएपछि कुनै परीक्षण नै भएन’, उनी भन्छन्, ‘अहिलेसम्म के रोग लागेको हो भन्ने नै थाहा छैन । एक महिनामा मात्रै तीन पटक लड्यो । अहिले मर्न लागेपछि सामान्य प्राथमिक उपचार मात्रै गरिएको छ ।’

    दर्ता भएका बन्दी हात्तीहरूको नामावलीमा काजलकलीको नाम नै नभएको उनले बताए । छ महिनाअगाडि उक्त हात्तीलाई भारत बेच्न लागिएको थियो । पहिलो पटकको प्रयास सफल नभएपछि एकै महिनामा दोस्रो पटक भारत लगिँदै गर्दा पुनः सिमानाबाट फिर्ता ल्याइएको हो ।

    सो हात्ती अहिले होटल पार्क साइट नजिकै मृत्यु कुरेर बसेको छ । चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठले सो हात्ती सौराहाका व्यवसायी मधुकर रेग्मीको भएको पुष्टि गरे । रेग्मीले भारतका व्यापारीलाई बिक्री गरेपछि हात्ती सिमानाबाट फिर्ता ल्याइएको हो । निकुञ्जले बिरामी हात्तीको निगरानी गरिरहेको उनको भनाइ छ ।

    रेग्मीले भने सो हात्ती आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । भीमकाय शरिर भएको हात्ती तीन पटकसम्म ढल्दा उसको शरीर घाउले भरिएको छ । काजलकलीको नेपाली साहु खोजेर उसलाई कारबाही गर्न पशु अधिकारकर्मी श्रेष्ठले माग गरेका छन् ।

    ‘एउटा बिन्ती छ कि, सम्बधित निकायले काजलकलीको नेपाली साहु को थियो भनेर छानबिन गरोस् । अनि उक्त व्यक्तिलाई कानूनी दायरामा ल्याएर सजाय दिइयोस्’, उनले भने । सौराहामा वन्यजन्तुको उपचार गर्न छुट्टै अस्पताल निर्माण गरिएको छ । उक्त अस्पतालबाट करिब आधा किमीको दूरीमा रहेको काजलकली भने उपचार नपाएर मर्नु दुःखद भएको उनी बताउँछन् । कुलप्रसाद काफ्ले /न्युज कारखाना

    सोमबार, असार ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.