• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

द्धन्द्धकालिन यौनहिंसा र बलत्कारका घटनामा संवेदनशील बन्न प्रभावितको माग

"द्वन्द्व प्रभावित महिलाको आत्मसम्मान सहितको सत्य, न्याय र परिपुरणका लागि अविलम्ब व्यवस्था गर्नुपर्नेमा जोड "

  •   सोमबार, असार ०६, २०७९ मा प्रकाशित
  • भरतपुर/सशस्त्र द्वन्द्वको क्रममा भएका यौन हिंसा र बलत्कार जस्ता गम्भिर मानवअधिकार हनन्का घटनाहरुमा संवेदनशील भई न्यायिक वातावरण सिर्जना गर्न द्धन्द्धप्रभावित महिलाहरुले माग गरेका छन् । बृहत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि पीडितमैत्री जिम्मेवार संयन्त्रको विकास नभएकै कारण द्वन्द्वकालमा भएका यौन जन्य हिंसाका घटनाहरुको उजुरी दर्ता हुने वातावरण समेत बन्न नसकेको प्रभावित महिलाहरुको गुनासो छ । “द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मुलन सम्बन्धि अन्तराष्ट्रिय दिवस” २०२० को सन्दर्भमा आदर्श नारी विकास केन्द्रको अगुवाईमा द्धन्द्धप्रभावित महिलाहरुको तर्फबाट जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र समेत बुझाइयो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आसमान तामागंले द्धन्द्धप्रभावितको मागलाई सम्माननीय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृहमन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने बचनवद्धता व्यक्त गर्नुभयो ।
    द्वन्द्वको समयमा यौनजन्य हिंसा र यातना भोग्न बाध्य महिलाको आवाजलाई संक्रमणकालीन न्यायप्रक्रियामा राज्यबाट मौन गराइएको प्रति ध्यानाकर्षण गराउँदै, द्वन्द्व पीडित तथा प्रभावित महिलाको आत्मसम्मान सहितको सत्य, न्याय र परिपुरणका लागि अविलम्ब व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ । साथै संक्रमणकालिन न्यायलाई कानूनी व्याख्याको परिधीबाट फराकिलो पारि महिलालाई स्व न्याय, पारिवारिक न्याय र सामाजिक न्यायको अनुभुति गर्न स्थानीय, प्रदेश र संघीय सबै तहमा सहयोगी संयन्त्र र न्याय प्राप्त गर्ने वातावरण निर्माणका लागि अपिल समेत गरिएको छ ।यौनजन्य हिंसा विरुद्धको साझा अभियानका संयोजक एवं संस्थाका अध्यक्ष खरेल,अधिवक्ता फुलमाया रानाभाट,जिल्ला पैरवी मञ्चका अध्यक्ष शकुन्तला हमाल ठकुरी, मन्जुश्री असहाय केन्द्रकी अध्यक्ष मन्जु खाँड , अधिकारकर्मी कल्पना खड्का, सहकारी अभियन्ता रितु गिरि, अधिकारकर्मीहरु प्रेमप्रभा क्षेत्री,उषा खरेल सुवेदी, इनरह्वील क्लव अफ भरतपुर सिटिका संस्थापक अध्यक्ष शोभा गौतम खड्का, द्धन्द्धप्रभावित महिलाहरु लालकुमारी सिलवाल, लक्ष्मी गुरुगं, लक्ष्मी नेपाली, सरस्वती पौडेल लगायतद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा संसार भरिका यौन जन्य हिंसा प्रभावित र बलात्कृतहरुको न्यायको पक्षमा निरन्तर आवाज उठाईरहने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

    Advertisement

    Exif_JPEG_420

    भरतपुरको चौविसकोठीमा भेला भई र्याली सहित गएको झन्डै २ सय जना प्रभावित महिलाको टोलीले आज ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो ।
    देशमा जरो गाडेर रहेको पित्तृसत्तात्मक संरचना र मूल्यमान्यताका कारण प्रभावितले आफुमाथि भएको हिंसाका विरुद्धमा बोल्न सक्ने उपयुक्त वातावरण निर्माण हुन नसकेको जिकिर गरेका छन् । पीडित महिलाहरुमध्ये धेरैले सामाजिक लान्छना र उपयुक्त वातावरणको अभावका कारण आफुमाथि भएको हिंसाको उजुरी नगरेको र उजुरी गरेका प्रभावितहरुले समेत आफुले न्याय प्राप्त नगरेको द्धन्द्धपीडितको नेतृत्व गर्नुभएकी लक्ष्मी गुरुगंले बताउनुभयो । द्वन्द्वका समयमा भएको हिंसाका कारण महिलाहरु दिर्घकालिन शारिरीक तथा प्रजनन् स्वास्थ्य समस्या भोग्न बाध्य भएको द्धन्द्धपीडितको नेतृत्व गर्ने न्याय संवाददाता लालकुमारी सिलवालको भनाई छ । यस्तै द्धन्द्धप्रभावित न्याय संवाददाता लक्ष्मी नेपालीले प्रभावित महिलाहरुमा जीविकोपार्जन, घरपरिवारबाट घृणा तथा तिरस्कार र मनोसामाजिक समस्या समेत बढ्दो क्रममा रहेको बताउनुभयो । संक्रमणकालीन न्यायको व्याख्या महिलाको दृष्टिकोणबाट अझैसम्म पनि हुन सकेको छैन ।

    Exif_JPEG_420

    राजनीतिक रुपमा संक्रमणकाल अन्त्य भएको एकहोरो दावी सरकार पक्षबाट गरिदै आईरहेको छ । तर, सशस्त्रद्वन्द्वका बेला युद्धरत पक्षहरुबाट महिला माथि भएका यौन हिंसा, यातना लगायतका विभिन्न प्रकारका गम्भिर मानवअधिकार उल्लघंनका सवाल सम्बोधन हालसम्म पनि हुन सकेको छैन । जसका कारण महिलाहरु शान्तिको लाभांशबाट बञ्चितिकरणमा परि द्वन्द्वको घाउ लिएर बाँच्न विवश छन् ।
    द्धन्द्धकालका बेला तत्कालिन शाही नेपाली सेनाबाट सामुहिक करणी गरि हत्या गरिएका मैना सुनुवार, रिना रसाईलीहरु बलात्कृत भएर मारिएका थिएँ भनेर राज्यको कुनै पनि अभिलेखालयमा छैनन् । द्धन्द्धप्रभावित किशोरी तथा महिलाहरु माथि द्धन्द्धको समयमा यौनजन्य हिंसा भएको थियो भनेर राज्यले आज सम्म पनि आधिकारिक रुपमा स्वीकार समेत गरेको छैन । राज्यसंग त द्वन्द्वको समयमा भएका यस्ता सयौं यौन हिंसाका घटनाको यकिन तथ्याकं नै छैन । जसका कारण न त यौन हिंसाका सवालको अनुसन्धान हुन सकेको छ नत प्रभावित महिलाहरुको न्यायमा पहुँच नै सुनिश्चित हुन सकेको छ ।
    चितवनमा विगत २ बर्षदेखि आदर्श नारी विकास केन्द्रले द्धन्द्धप्रभावित महिलाको मुद्धामा कामगर्दै आएको छ । राज्यको निकायले जिम्मेवारीपुर्वक लिनुपर्ने विषयलाई महिलाको न्यायका लागि सामाजिक अभियानमार्फत आफुहरुले अगुवाई गरेको केन्द्रकी अध्यक्ष मीना खरेलको भनाई छ । केन्द्रले चितवन र मकवानपुरमा कार्यक्षेत्र बनाई झन्डै ४ सय कथा संकलन गरिसकेको उहाँको भनाई छ । जसमा १सय८६ घटना यौनजन्य हिंसा संगै मानसिक यातनाका रहेको खरेलले जानकारी दिनुभयो ।
    नेपालको संविधान २०७२ को धारा ३८(३) ले यौनजन्य हिंसा लगायत महिलामाथि हुने सबै प्रकारका हिंसालाई कानूनी रुपमा दण्डनीय गरी कानून बमोजिम न्याय तथा क्षतिपुर्ती पाउने व्यवस्थाको सुनिश्चितता गरेको छ । त्यस्तै गरि जेनेभा महासन्धि र राष्ट्र संघीय प्रस्तावना १३२५ र १८२० मा आधारित दोस्रो राष्ट्रिय कार्ययोजनाको समेत सरकारले मस्यौदा तयार गरेको छ । यद्यपी यौन हिंसाका घटनाको गहन छानविन, परिपुरण र सहयोग गर्ने वातावरण तयार हुनु सकेको छैन । राजनीतिक रुपमा संक्रमणकाल अन्त्य भएको एकहोरो दावी सरकार पक्षबाट गरिदै आईरहेको छ । तर, सशस्त्रद्वन्द्वका बेला युद्धरत पक्षहरुबाट महिला माथि भएका यौन हिंसा, यातना लगायतका विभिन्न प्रकारका गम्भिर मानवअधिकार उल्लघंनका सवाल सम्बोधन हालसम्म पनि हुन सकेको छैन । जसका कारण महिलाहरु शान्तिको लाभांशबाट बञ्चितिकरणमा परि द्वन्द्वको घाउ लिएर बाँच्न विवश छन् ।

    सोमबार, असार ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.