चितवन/चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो । ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले बाघ धपाउन सेनाले पाँच राउण्ड हवाई फायर गरेको िथयाे ।
Advertisement
स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित ९–१० जना महिला निउरो टिप्न गएका थिए । युवतीको टाउको र छातीको भाग बाघले खाइसकेको शवको मुचुल्का उठाइसकेको प्रहरीले जनाएको छ ।




