काठमाडौं /स्वास्थ्य प्रयोगशालाकर्मीहरुको संगठन मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले बिहिबार आफनो १७ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । ‘सम्पूर्ण स्वास्थ्य प्रयोगशालाकर्मीहरुको एउटै चाहना, गुणस्तरीय, जनपक्षीय ब्यवस्थित तथा ब्यवसायिक स्वास्थ्य प्रयोगशालाको स्थापना′ भन्ने मूल नाराका साथ यस वर्ष मेलानले आफनो स्थापना दिवस मनाउन लागेको महासचिव रेशम अधिकारीले जानकारी दिए ।
मेलानले केन्द्रीयस्तरमा स्थापना दिवसको अवसर पारेर काठमाडौंको बुढानिलकण्ठको पवित्र समाज सेवामा निशुल्क स्वास्थ्य शिविर र ललितपुरको सुप्रण प्याथोलोजी क्लिनिक परिसर पाटन सुन्धरामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । बिहिबार यी कार्यक्रम हुने महासचिव अधिकारीले जनाए ।
त्यस्तै प्रदेशस्तरमा पनि प्रदेश कमिटिहरुले आ आफनो अनुकुलतामा मेलान स्थापना दिवसको कार्यक्रम आयोजना गरिएका छन् । बागमती प्रदेश कार्यसमितिले ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभु लाछीमा पनि रक्तदानकै कार्यक्रम राखिएको छ । यो सस्था १६ वर्ष अगाडी स्थापना भएको थियो । अहिले यसको सन्जाल देशैभरका ल्याव प्रयोगशाला कर्मीहरुका वीचमा विस्तार भएको छ ।




