चितवन/चितवनमा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खैरहनीकी एक महिलालाई बलात्कारको अभियोगमा हेटौंडा उपमहानगरपालिका ९ चौधघरे घर भई हाल चितवनको राप्ती नगरपालिका ६ आदर्श टोलस्थित माछापोखरी बस्दै आएका ४५ वर्षीय पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएएको छ । पीडित महिलाकी भाउजुले घलानविरुद्ध मंगलबार बलात्कारको अभियोगमा जाहेरी दिएकी थिईन् । उनको जाहेरीपछि घलानलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत फागुन १० गते काठमाडौंबाट पिप्लेस्थित भाउजुको घर आएकी महिला भण्डारामा ओर्लिएपछि आरोपित घलानले पिप्ले टाढा पर्छ, आज जान भ्याईदैन, भोलि बिहान पुराइदिन्छु भन्दै ललाईफकाई आफ्नो घरमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।घलानसँगै अन्य दुई/तीन जनाले पनि पालै पालो सामूहिक बलात्कार गरेको भनी जाहेरी परेको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । त्यसपछि पनि पीडित महिलालाई सोही घरमा राखी पटक पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
पटक पटकको बलात्कारपछि अस्वस्थ भएपछि घलानले नै स्थानीयको सहयोगमा अस्पातल लगेर उपचार पश्चात जेठ २० गते भाउजुको घरमा लगेर छोडेको पनि जाहेरीमा भनिएको छ । पीडित महिलाले घटना बारे भाउजुलाई भनेपछि ईलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी परेको थियो । पीडित महिला काठमाडौंमा ज्यालामजदुरी गरेर जीवनयापन गर्ने गरेको डिएसपी अधिकारीले जानकारी दिए । आरोपित अन्य व्यक्तिसँगै घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।




