चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्दगर्न भरतपुरबासीलाई आह्वान गर्नु भएको छ । भरतपुर–५ रामेश्वर शिवालयमन्दिरमा सोमबारआयोजनाभएको वृक्षारोपण तथा सम्मानकार्यक्रमलाई सम्बोधानगर्दैउहाँले सो कुरा बताउनु भएको हो । महानगर प्रमुखदाहालले भरतपुरबासीलाई राजनैतिकखिचातानी रोकेर रचनात्मक सहयोगमालाग्नआह्वानगर्नु भयो ।
भरतपुर महानगरपालिकाको प्रमुखमानिर्वाचितहुँदा सबै पार्टीको मतपाएकाले यो वात्यो पार्टी भन्ने नै छैन, म साझाभएर विगतमापनिकाम गरेको र आगामीदिनमापनिसाझाभएर काम गर्ने प्रण गर्छु– मेयर दाहालले भन्नुभयो । यो वात्यो पार्टीको नभनेर कुनै पनि भेदभावनहुने उहाँले उल्लेख गर्नुभयो । जनप्रतिनिधिभई कार्यभार सम्हालेपछि साझाभएर कामगर्नुको विकल्प नरहेको भन्दै उहाँले सबै नगरबासीहरु सहकार्य, एकताको भवानाबाट आगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो । विगतमा जसरी काम गरेर हँुदैन, त्यो भन्दामाथि उठेर कामगर्ने संकल्प मैले गरेको छु–मेयर दाहालले भन्नुभयो । दोस्रो कार्यकालको लागिजनताको मन जित्ने कुरा, विश्वास जित्ने कुरा,मतलिने कुरा चुनौतीपूर्ण रहेको मेयर दाहालको भनाई छ । भरतपुरलाई स्मार्ट सिटीका रुपमाविकास गर्न वृक्षारोपणसहितको सडक बनाउने गरी वडागत तहमाकार्यक्रमलागु हुने जानकारी दिनुभयो । सबै वडाको सन्दरता, सरसफाईलाई विषेश प्रथामिकताका साथकार्यक्रमपनि अगाडि बढाईने उहाँको भनाई थियो ।
समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्दगर्न भरतपुरबासीलाई आह्वान
समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्दगर्न भरतपुरबासीलाई आह्वान
Advertisement
तपाईको प्रतिक्रिया




