भरतपुर/भरतपुर माहानगरका उप प्रमुख चित्रसेन अधिकारीले मानव जिबनसग बाताबरणको प्रत्यक्ष सम्बन्ध रहेको बताउनु भएको छ । भरतपुर माहनगरलाइ सफा, सुन्दर र हराभरा बनाउने सवालमा हामी जनप्रतिनिधिहरु कुनै कसुर बाकी नराखी काम गर्न तयार छौ उहाँले भन्नू भयो । आज सोमबार जागृति टोल बिकास सस्था, नमूना आमा समुह र बृक्षारोपण उपभोक्ता समितिले भरतपुर ५ मा गरेको बृक्षारोपण तथा सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले सबै मिलेर बाताबरण सरक्षणमा जुट्नु पर्ने बताउनु भयो । उहाँले हामीले तिरेको कर सग बृक्षारोपणको सम्बन्ध जोडिएको पनि बताउनु भयो ।

कार्यक्रममा भरतपुर माहानगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष युद्ध प्रसाद श्रेष्ठले भोलिको बिकासको योजनालाइ ध्यानमा राखेर बृक्षारोपण गर्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै कार्यक्रमा बोल्दै निबर्तमान वडा अध्यक्ष पदमपाणि सुबेदिले सौर्न्दर्य सडक बनाउने उद्देश्यका साथ बृक्षारोपण गरिएको जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर माहानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी, हरियाली प्रबर्द्धन शाखा प्रमुख लक्ष्मि ठगुन्ना, रामेश्वर शिबालय मन्दिरका अध्यक्ष हिम्मत बहादुर शाह लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा विभिन्न जातका ७० वटा बिरुवा बृक्षारोपण गरिएको छ ।




