भरतपुर/नेपाली काङ्ग्रेसका प्रबक्ता डा प्रकाश शरण महतले ओलि प्रवृत्तिको विरुद्धमा लाग्न नेता कार्यकर्ताहरुलाइ निर्देशन दिनु भएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ ले आज भरतपुर २१ पार्बतिपुरमा आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै प्रबक्ता महतले ओलि प्रवृत्तिको अन्त्य नभए सम्म अराजकता बढीरहने हुँदा त्यो प्रवृत्तिका विरुद्ध लाग्न म सबै नेता कार्यकर्तालाई आग्रह गर्द्छु । नेता महतले अहिलेको पाचदलिय गठबन्धन आगामी आम निर्वाचन सम्म रहने पनि बताउनु भयो ।

प्रबक्ता महतले भाबनाले मात्रै परिणाम नल्याउने भन्दै गठबन्धनको रणनितिक निर्णयले मात्रै परिणाम ल्याउने बताउनु भयो । उहाँले पार्टीको अन्तर्घातको रोग अझै निको नभएको भन्दै यसलाइ निको पार्न जटिल खालको सिटामोलको आबश्यकता रहेको पनि प्रष्ट पार्नु भयो । अगामी मसिरमा प्रदेश र संघको निर्वाचन हुनेमा कुनै शका नगर्न पनि सबैसग आग्रह गर्द्छु प्रबक्ता महतले भन्नू भयो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य दिनेश कोइरालाले काङ्ग्रेस एक हुन जरुरी रहेको बताउनु भयो । उहाले काङ्ग्रेसले हार्यो भने देशले पनि हार्ने बताउनु भयो । त्यस्तै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी निरन्तर यात्रा भएको बताउनु भएको छ । सभापति खनालले आगामी ५ बर्षमा नेपाली काङ्ग्रेस एकल चुनावमा जान सक्ने खालको बाताबरण बनाउन पनि कार्यकर्ताहरुसग आग्रह गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले आगामी २०८४ सालमा हुने निर्वाचनमा काङ्ग्रेसलाइ एक्लै लड्न सक्ने अबस्थामा पुर्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले काङ्ग्रेस एक हुन जरुरी रहेको बताउदै ब्यक्ति नभई पार्टी जित्ने राजनिती गर्न पनि सबैमा अपिल गर्नु भयो । कार्यक्रममा भरतपुर माहानगर उप प्रमुख, माडी नगर उप प्रमुख लगायत पार्टीले जित हासिल गरेका क्षेत्र नम्बर ३ भित्रका वडा अध्यक्ष र सदस्यहरुलाइ सम्मान गरिएको थियोे । कार्यक्रममा क्षेत्रीय सभापति लाल बहादुर दवाडी, प्रदेश नम्बर ३ क का सभापति शोभाखर चापागाईं, भरतपुर १४ का अध्यक्ष राजेन्द्र साखी, माडी नगर उप प्रमुख खेम प्रसाद महतो, क्षेत्र नम्बर १ का सभापति किरण भुसण ओलि, माहासमिती सदस्य बिजय शर्मा भुसाल, बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबू श्रेष्ठ लगायतले बोल्नु भएको थियोे ।




