भरतपुर/भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले समाज बिकास हुनको लागि घर परिवार बाट नै शुरुवात हुनुपर्ने बताउनु भएको छ । इनर ह्विवल क्लब अफ नारायणीको छैठो स्थापना दिबसको अबसरमा आज नारायणगढ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले घर परिवार खुशी नभएसम्म समाज सुखी हुन नसक्ने बताउनु भयो । उहाँले जेष्ठ नागरिक समाजका धरोहर रहेको बताउदै ज्युदो इतिहास भएको समेत बताउनु भयो ।
Advertisement

सस्थाको स्थापना दिबसको अबसर पारेर सस्थामा आबद्ध सदस्यहरुका वृद्ध अभिभावक १६ जना जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको थियोे । कार्यक्रममा इनर ह्विवल क्लब अफ नारायणीकि अध्यक्ष पुस्पा पौडेल,उपाध्यक्ष शान्ता पोख्रेल, क्लबकी निबर्तमान अध्यक्ष कल्पना थपलिया पाठक,इनर ह्विवल क्लब अफ भरतपुरकि अध्यक्ष बिमला अर्याल लगायतले बोल्नु भएको थियो ।




