कालिका/ नेकपा एमालेले कालिकामा आज शक्ति प्रदर्शन गरेको छ । नेकपा एमाले कालिका नगर कमिटीद्वारा आज पदमपुरमा विशाल जनसभा सम्पन्न भएको थियो । जनसभामा हजारौ कालिकावासीको सहभागिता रहेको थियो । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित जनसभामा २० हजार भन्दा बढी सङ्ख्यामा नगरवासीहरूको उपस्थिति रहेको नेकपा एमाले कालिका नगर कमिटीले जनाएको छ । एमालेको सो शक्ति प्रदर्शनलाई नगरबासीले चासोको रुपमा लिएका छन् ।
सो जनसभा हुनुपूर्व सिद्धि, शक्तिखोर, जुटपानी, खोलेसिमल, पदमपुर, लंकालाइन क्षेत्रमा बृहत मोटरसाइकल ¥याली पनि गरिएको थियो । सो ¥यालीमा ५ हजार भन्दा बढी मोटरसाइकल सहित कार्यकर्ताहरूको उपस्थिति रहेको एमालेले जनाएको छ । सो मोटरसाइकल ¥यालीपछि पदमपुरको भिमोदय मा.वि. को प्राङ्गणमा आयोजित सभामा कालिका नगरपालिकाका मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा, एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल), केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एमालेको जीत सुनिश्चित– उपाध्यक्ष बादल

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले नेकपा एमालेका उम्मेदवारहरूको जीत सुनिश्चित रहेको बताउनुभएको छ । नेकपा एमाले कालिका नगर कमिटीले आज पदमपुरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बादलले कालिकामा मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा लगायत सम्पूर्ण वडा अध्यक्ष र सदस्यहरूको जीत सुनिश्चित भएको बताउनुभएको हो । पाँचदलीय गठबन्धनको नाममा भएको चुनावी मोर्चालाई जनताले अस्वीकार गरिसकेको भन्दै एमाले उपाध्यक्ष बादलले गठबन्धन भन्दा एमाले एक्लै शक्तिशाली बनेपछि गठबन्धनको सातो गएको समेत उहाँले बताउनुभयो । आज कालिकामा एमालेको पक्षमा उर्लेको जनसागरले पनि एमाले बलियो रहेको प्रमाणित भएको उहाँको भनाइ थियो ।
कालिकाको विकासमा एमालेले देखाएको बाटोलाई पूरा गर्न पनि एमालेकै नेतृत्व जरूरी रहेको भन्दै पूर्व गृहमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष बादलले जनताको मतलाई गठबन्धनको नामले रोक्न नसक्ने पनि दावी गर्नुभयो । परमादेशको आडमा गतिहिन शैलीले अगाडि बढेको सरकार र यसको नेतृत्वलाई जनताले तिरस्कार गरिसकेकाले गठबन्धन धरापमा पर्दै गएको समेत उहाँको भनाइ थियो ।
“हामी । कालिकामा जीतको नजिक पुगिसकेका छौँ”– मेयरका उम्मेदवार रेग्मी

चितवन । कालिका नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार विनोद रेग्मीले आफू र आफ्नो टिम जीतको नजिक पुगिसकेको बताएका छन् । नेकपा एमालले कालिकाको पदमपुरमा आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै एमाले मेयरका उम्मेदवार रेग्मीले आज हजारौ कालिकावासी मोटरसाइकल ¥याली र सभामा उपस्थित भई एमालेको शक्ति प्रदर्शन गरेका र जनलहर देखाइदिएको बताएका छन् । एमालेको नेतृत्वले नगरको विकासमा गरेको योगदानको चर्चा गर्दै रेग्मीले अधुरा काम पूरा गर्ने र समुन्नत, भ्रष्टाचारमूक्त समृद्ध कालिका बनाउन नगरवासीले आफूलाई रोज्ने बताए । कालिका नगरपालिका वडा नं. ६ को अध्यक्ष भएर ५ वर्षको अनुभव बटुलेको बताउँदै रेग्मीले ५ वर्षमा वडामा गरेको विकासले आफू कालिकावासीको मनमुटुमा बस्न सफल भएको बताए । कालिकाको हरेक व्यक्ति र हरेक टोलमा आफूलाई नगरवासीले चिन्ने र आफूले पनि चिनेको बताउँदै रेग्मीले अपरिचित र नयाँ अनुहारलाई भन्दा ३ दशकदेखि हरेक दिन जनताको सुखदुःखमा हिडेको व्यक्तिलाई जनताले चुन्ने भएकाले आफू जीतको नजिक पुगेको उनको भनाइ थियो । कालिकाको भूगोल र माटोसँग परिचित भएको कारण नगरको समृद्धिका लागि सूर्यमा मतदान गरी म र मेरो टिमलाई कालिकावासीले विजयी गराउन आतुर रहेको समेत उनको भनाइ थियो । सो कार्यक्रममा उपमेयरका उम्मेदवार विमला लामा, एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल), केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पदमपुरमा आयोजित बृहत जनसभा अगाडि सयौको सङ्ख्यामा कालिका नगर क्षेत्रमा मोटरसाइकल ¥याली समेत भएको थियो ।
चितवनको सातै पालिकामा एमालेको जीत सुनिश्चित – जिल्ला अध्यक्ष न्यौपाने

चितवन । चितवनको सातै पालिकामा एमालेको जीत सुनिश्चित रहेको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन् ।
एमाले कालिकाद्वारा आज पदमपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष न्यौपानेले पराजित मानसिकताको पाँचदलीय गठबन्धन चितवनबाट पराजित हुने सुनिश्चित भएको भन्दै आजको चितवनको विभिन्न स्थानमा भएको जनसभा र ¥यालीले एमालेको जीत सुनिश्चित हुने देखिएको बताउनुभयो । हजारौको सङ्ख्यामा सबै पालिकामा आज ¥याली तथा सभाहरू भएको भन्दै एमाले जिल्ला अध्यक्ष न्यौपानेले भरतपुर महानगर, कालिका नगरपालिका, राप्ती, माडी, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडाहरूमा पनि एमालेको जीत सुनिश्चित रहेको दावी गर्नुभयो । राजनेता केपी ओलीको विरूद्धमा भएको पाँचदलीय घेरावन्दी र परमादेशी सरकारको अयोग्यता र अक्षमताले देश बर्बादीतर्फ गएको भन्दै न्यौपानेले एमालेको नेतृत्वले मात्र देशको समृद्धि ल्याउन सक्ने भएकाले जनताले एमाले रोज्ने पनि दावी गर्नुभयो । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मतदान गर्न चितवनवासी आतुर रहेको भन्दै संयमित र धैर्यताका साथ आफ्नो मत सुनिश्चित गर्न र एमालेलाई विजयी गराउन चितवनवासीले सूर्य चिन्ह रोज्ने समेत उहाँले बताउनुभयो । सो सभामा कालिका नगरपालिका मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा, एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल), केन्द्रीय सदस्य देवी ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पदमपुरमा आयोजित बृहत जनसभा अगाडि सयौको सङ्ख्यामा कालिका नगर क्षेत्रमा मोटरसाइकल ¥याली समेत भएको थियो ।




