चितवन/चितवनका सरकारी कार्यालयको सेवा आज (मंगलबार) देखि नै स्थगन भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण सरकारी कार्यालयका कर्मचारी खटिनु पर्ने भएकोले आजदेखि नै सेवा स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बैशाख ३० गतेसम्मका लागि स्थगन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
Advertisement




