चितवन/चितवनमा बैशाख २७ गते मंगलबारदेखि मादक पदार्थ विक्री वितरणमा निषेध गरिएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई भयरहित र विश्वसनिय बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार राति १२ बजेदेखि मादक पदार्थ विक्री वितरणमा निषेध गरेको हो ।
Advertisement
मतदान हुने दिनसम्मका लागि मादक पदार्थ विक्री वितरण एवं सेवन गर्न नपाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ अनुसार नै मादक पदार्थ विक्री वितरणमा रोक लगाईएको उनले बताए । निर्णय विपरित कसैले मादक पदार्थ विक्री वितरण गरेको पाईए कानुन बमोजिम कारबाही हुने समेत उनले चेतावनी दिएका छन् ।




