• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

काठमाडौँ महानगरपालिका–४ लाई ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने न्यौपानेलको प्रतिवद्धता


  •   बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
  • काठमाडौँ/काठमाडौँ महानगरपालिका वडा नं ४ लाई ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने भएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेद्धार बनेका रामप्रसाद न्यौपानेले प्रतिवद्धतापत्र जारी गर्दै उक्त वडाका सबै युवालाई शिक्षित बनाउँदै समृद्ध वडा निर्माणका लागि आफूले पहल गर्ने बताएका हुन् । वडाअध्यक्षका उम्मेद्धार न्यौपानेले वडाभित्र रहेका सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि सरकारद्धारा प्राप्त सुविधालाई अधिकतम उपयोग गर्दै वडाभित्रका निजी विद्यालय स्थापना गर्न चाहनेका लागि प्रोत्साहन स्वरुप सुविधा प्रदान गर्ने बताएका छन् । उनले सरकारद्धारा तोकिएको न्यूनतम १० प्रतिशत निशुल्क छात्रावृत्ति कडाईका साथ लागू गर्ने, सामुदायिक तथा नीजि विद्यालयबीच समन्वय गरी पढाईको गुणस्तरमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    Advertisement

    यसैगरी, स्वास्थ्य क्षेत्रअन्तर्गत १ लाखसम्म स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने, जसमा ज्येष्ठ नागरिक अशक्त, न्यून आय भएका व्यक्तिको स्वास्थ्य विमामा लाग्ने प्रिमियममा ५० प्रतिशत छुटको लागि महानगरले पहल गर्ने बताइएको छ । नियमित सुगर प्रेसरसम्बन्धि जाँच निशुल्क गर्ने, न्यून आय भएका दिर्घरोगीको पहिचान गरी निशुल्क औषधी उपलब्ध गराउने, वडाभित्र प्राथमिक स्वास्थ्य संस्थाको स्तरोन्नती गरी सेवा निशुल्क प्रदान गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । न्यौपानेले खेलकुद क्षेत्र कार्यक्रमअन्तर्गत वडाभित्र रहेका सार्वजनिक जग्गाहरु खेलकुद विकासका लागि उपयोगमा ल्याई तालिम तथा प्रतिस्पर्धात्मक खेलको आयोजना गरी विकास गर्दै लैजाने बताए । आफू अध्यक्ष भएमा टुकुचा (इच्छुमति) खहरे व्यवस्था प्राविधिकको सल्लाह बमोजिम व्यवस्थापन गरिने, वडाभित्र प्रत्येक ६ महिनामा सार्वजनिक सुनुवाई गर्ने बताएका छन् । उनले वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सिफारिसहरुलाई सहज र सरल बनाउन भौतिक रुपमै हुनुपर्ने उपस्थितको अन्त्य गरी वडाले प्रदान गर्ने सेवालाई विद्युतीय माध्यमबाट सुविधा उपलब्ध गराईने र यसलाई समय सापेक्ष सुधार गर्ने, वडा कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरी आम नागरिकले लिखित, मौखिक तथा विद्युतीय माध्यमबाट गुनासो राख्न पाउने व्यवस्था गरिनेछ ।

    प्राप्त जन–गुनासोको आधारमा वडा अध्यक्ष स्वयम्ले गुनासोहरुको निरुपण गर्ने व्यवस्था मिलाइने बताए । यसैगरी, निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई जनउत्तरदायी बनाउन आपसमा कामको बाँटफाँट गरी क्षेत्रगत जिम्मेवारी तोकिने छ । वडाभित्र रहेका खाद्यान्न स्टोर, फलफूल तरकारी मासु पसल, मदिरापसल आदिको नियमित अनुगमन र मापदण्ड अनुसार सञ्चालन गर्न लगाइने प्रतिवद्धता पत्रमा उल्लेख छ । भौतिक पूर्वाधार अन्तर्गत वडाभित्र मेलम्ची खानेपानीको लाइन विस्तार, नेपाल विद्युत प्राधिकरणको भूमिगत तार विस्तारको कारण सडक भत्किएको खाल्डाखुल्डी रहेको अवस्थामा छ । उत सडक निर्माणका लागी सम्वन्धित निकायसंग समन्वय गरी गुणस्तरीय पिच निर्माण कार्य यसै वर्षभित्र सम्पन्न गरिने बताइएको छ । उनले आफ्नो कार्यकालमा वडामा रहेका सामाजिक संघ संस्थाको जग्गा जमिन तथा नगद आम्दानीको व्यवस्थापन मिलाउन विशेष पहल गर्ने, वडाभित्र रहेका पूनः निर्माण गर्न बाँकी रहेका सम्पदाहरुको निर्माण कार्य आगामी २ वर्षभित्र सम्पन्न गर्ने, निर्माण भइसकेका विभिन्न ढुङ्गेधारा, कुवाहरुको उचित मर्मत सम्भार र संरक्षण गरी उक्त ढुङ्गेधाराहरुमा यसै आ.व भित्र मेलम्चीको पानी लाइन जडान गर्ने, स्थानीय धार्मिक मठ मन्दिरको संरक्षण, सुधार तथा सम्बद्र्धन गर्ने, धुम्रबराहा, चुनदेवी, टुँडालदेवी, शिबस्थली तथा महादेव मन्दिरको संरक्षण गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

    वडा अध्यक्ष उम्मेद्धार न्यौपानेले बालविकास कार्यक्रमअन्तर्गत बालबालिकाको चौतर्फी विकासको लागि विज्ञहरुको राय सल्लाह सुझावको आधारका विभिन्न कार्यक्रम सञ्चालन गर्ने, हरेक टोलमा रहेको सार्वजानिक स्थानमा बालमैत्री खेलकुदस्थल निर्माण गर्ने बताए । कामपा ४ मा महिला आर्थिक उत्थान कार्यक्रमअन्तर्गत गृहीणी महिलाहरुलाई लक्षित गरी स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, वडाबाट सञ्चालन हुने विभिन्न कार्यक्रमहरु विकास निर्माणको लागि गठन गरिने समितिमा ४५ प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरिने भएको छ । यस्तै, ज्येष्ठ नागरिक कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकको लागि स्वदेशभित्र रहेका धार्मिकस्थलको भ्रमणको व्यवस्थापन मिलाइने, जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य उपचार तथा सेवा प्रदान गरिने, फोहोरमैला व्यवस्थापनको क्षेत्रमा वडामा स्वच्छ वातावरण निर्माण गरी हरित वडा निर्माण गर्न फोहोर मैलासम्बन्धी जनचेतना तथा सचेतना कार्यक्रम गरिने भएको छ । यसैगरी, घर–घरबाट निस्कने फोहोर व्यवस्थापनको लागि कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोरलाई घरभित्र व्यवस्थापन मिलाइने, नकुहिने फोहोरको हकमा भने आम नागरिकको घर घरबाट फोहोर संकलन गर्ने व्यवस्था मिलाइने, वडाभित्र रहेका साँघुरा गल्लीहरुको फोहोर संकलन गर्न सानोगाढा खरिद गरी फोहोर उठाउने व्यवस्था मिलाइने, सम्भव भएसम्म कम्पाउण्डमा एक घर दुई फलफुलको रुख एवम् सार्वजानिक जग्गा सडक पेटीमा मौसम सुहाउँदो आकर्षक रुख विरुवाको रोपण कार्य अभियानको रुपमा सञ्चालन गरिने कार्यक्रम प्रतिवद्धतापत्रमा उल्लेख छ ।

    बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.