देवघाट तनहुँ/ हाम्रो देवघाट, समृद्ध देवघाट भन्ने मुल नारालाई आत्मसात गर्दै देवघाट गाउँपालिका वडा नम्बर ५ जलदेवी टोल बिकास सस्था साउनेमा रहेको भुजेल बस्तीका ३५ घर धुरी र देवघाट वडा नम्बर १ बसेनिटार भुजेल समुदायका करिब ५० घर धुरी का करिब २०० सय जना भुजेलहरुलाई एकैदिन अल्पसंख्यक तथा पिछाडा वर्ग समन्वय समितिको अायोजना र देवघाट गाउँपालिकाको अार्थिक सहयोगमा अल्पसंख्यक तथा पिछाडा वर्गहरूलाई मदिरा व्यवस्थापन सम्बन्धि सचेतना तालिम दिइएको छ।
कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग वहादुर थापाले जनजातिहरु पछि पर्नु र पिछाडा वर्गहरूको बिकास हुन नसक्नुको खास कारण नै मदिरा सेवन रहेको बताउदै यसले हाम्रो समय,पैसा र स्वास्थ्य समेत दिनप्रतिदिन बिगारी रहेको बताउदै अबको दिनहरूमा परिवर्तन हुनुपर्ने र हरेक जनजातिहरुले आ-आफ्नो घरघरमा विहानको समयमा आफुले पनि चिया पिउने बानी बसाल्ने र आउने अतिथिहरुलाई पनि मदिराको ठाउँमा चियाले स्वागत गर्न उपस्थित भुजेल बस्तिका जनसमुदायलाई अनुरोध गर्दै थापाले देवघाट १ नम्बर वडा र ५ नम्बर वडाका करीब ८५ घरधुरी भुजेल बस्तिका भुजेलहरुलाई आधा किलो चिनी र १ सय ग्राम चियापत्ती वितरण समेत गर्नु भएको थियोगर्नु।
कार्यक्रममा भुजेल समुदाय तनहुँ जिल्लाको जिल्ला सचीव पृथ्वी भुजेलले उपस्थित सम्पुर्ण महानुभावहरुलाई मदिरा सेवन गर्नले हाम्रो दैनिक जीवनमा के के कुराहरुमा असार परेको छ र मदिरा सेवन बाट टाढा रहदा हाम्रो दैनिकी जीवनलाई के के कुराहरुमा फाईदा पुग्छ भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा चेतना बालबिकास केन्द्रका करिब ३० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो। कार्यक्रममा मदिरा व्यवस्थापनको लागि सोम भुजेलको संयोजकत्वमा ७ सदस्यहरू कार्य समिति गठन समेत गरिएको छ । कार्यक्रममा कार्यपालिका देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङलिला गुरुङ लगाएको उपस्थिती रहेको थियो।




