कपिलवस्तु/नेकपा एमालेबाट जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ३ बाट वडाध्यक्ष पदका लागि पुनः टेकलाल सापकोटा दाेहरिने भएका छन् । ५ बर्षिय कार्यकालमा प्रशंयाेग्य कार्य गरेकाे भन्दै सापकोटा दाेहरिने भएकाे जनाइएको छ । सापकोटा वडा लगायत दुर्गम स्थानका समुदायमा पुगी अहाेरात्र गरिब दुखिकाे सहारा बन्दै आम नागरिकको समस्या समाधानमा खटिएका हुन् । जनताले अत्यधिक रुचाएका कारण वडाध्यक्ष पदमा पुनः दाेहर्याउन चाहेकाे उनका समर्थकहरुकाे भनाइ छ ।
विगतभन्दा अहिले वडामा शिक्षा, स्वास्थ्य र कृषि लगायत विकास निर्माणका कामहरु फड्को मारेकाे स्थानीयले बताएका छन् । वडामा विकास गर्न सापकोटा नै चाहिने समेत वडावासीले दावी गरेका छन् । यस निर्वाचनमा आफूले जिते दलाल, भष्ट्रचार रहित बनाइ समुन्नत समाजकाे निर्माण गर्ने उमेदवारहरुले प्रतिबद्धता जाहेर गरेका छन् । त्यसैगरी वडा सदस्यहरुमा श्यामलाल थारु, झगि कुमारी सुनार, बुझावन थारु र बुद्घिकला भण्डारी लगायतकाे प्यानललाई सुर्य चिन्हमा मतदान गरि जिताउन वडा कमिटी एमालेले आग्रह गरेकाे छ ।




