• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन जिल्लालाई प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि


  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
  • चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्धारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । चितवनले २१ स्वर्ण, १९ रजत र १४ काँस्य हात पार्यो । काठमाडौंले १९ स्वर्ण, ६ रजत, ७ कास्य र ललितपुरले ९ स्वर्ण, ९ रजत र ८ कास्य हात पर्यो । बागमती प्रदेशका १३ जिल्लालाई समावेश गर्दै आयोजना गरिएको प्रतियोगिता शनिबार काभ्रेको धुलिखेल रंगशालामा समापन गरिएको छ । प्रतियोगिताको फागुन २८ गते मकवानपुरको हेटौडास्थित पिप्ले क्यापडाडाँ रंगशालामा उद्घाटन गरिएको थियो । प्रतियोगितामा प्रदेश सरकारले प्राथमिकतामा राखेका ८ खेललाई समावेश गरेको थियो । जसमध्य हेटौडामा ब्याडमिन्टन, तेक्वान्दो, पुरुष फुटबल, चितवनमा भलिबल र क्रिकेट, काठमाडौंमा एथलेटिक्स, काभ्रेमा महिला फुटबल र बक्सिङ, सिन्धुपाल्चोकमा कराँतेका खेल आयोजना गरिएको थियो । प्रतियोगिताको अन्तिम दिन महिला फुटबलमा मकवानपुरले धादिङलाई एक शुन्यले हराउँदै पहिलो स्थान हासिल गर्यो । बक्सिङतर्फ पुरुष ४८ केजीमा काठमाडौंमा रविन थापा, ५१ केजीमा काभ्रेका लालप्रसाद उप्रेती, ५४ केजीमा ललितपुरका सुमन नेपाली, ५७ केजीमा काठमाडौंका सुजर महर्जन, ६० केजीमा ललितपुरका शेखर कुटवाजु, ९२ केजीमाथि काभ्रेका रविन्द्र घिमिरे, ९२ केजीमुनी चितवनका विभान गुरुङ, ८६ केजीमा काठमाडौंका सोनु गुरुङ, ८९ केजीमा ललितपुरका राजन तामाङ, ७५ केजीमा काभ्रेका विनिस राई, ७१ केजीमा काठमाडौंका प्रमोद राई, ६७ केजीमा मकवानपुरका अमन श्रेष्ठ र ६३ केजीमा रसुवाका मौसम राना मगरले स्वर्ण जिते । महिलामा ५० केजीमा भक्तपुरकी अस्मिता ढुवाल, ५७ केजीमा काभ्रेकी हेमा राई, ६० केजीमा दोलखाकी डेचेन शेर्पा, ४८ केजीमा काठमाडौंकी सुस्मा तामाङ, ५२ केजीमा भक्तपुरकी सुस्मा खड्का, ५४ केजीमा रामेछापकी सोस्तिका तिरुवा र ६६ केजीमा काठमाडौंकी कबुना श्रेष्ठले स्वर्ण जिते ।  उपाधि विजेता खेलाडीलाई संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रदेश खेलकुदमा युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी लगायतले पुरस्कृत गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले खेलकुदको ऐन कानुन, संरचना बनाउने काममा अघि देखिएको बागमती प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर इतिहास रचेको बताए । प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले छोटो समयको तयारीमा चुनौतीका बाबजुत प्रतियोगितालाई सफलतापूर्वक आयोजना गरिएको उल्लेख गरे ।    समापन समारोहका प्रमुख अतिथी संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश खेलकुद आयोजना गरेर बागमती प्रदेश सरकारले उल्लेख्य सफलता हासिल गरेको उल्लेख गर्दै यसले अन्य प्रदेशलाई समेत प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न हौसला मिल्ने बताए । उनले प्रदेश खेलकुदमा राष्टिय कीर्तिमान कायम गर्ने खेलाडीलाई आसन्न एसियन गेम्सको बन्द प्रशिक्षणमा राखिने जानकारी दिए । प्रतियोगितामा २१ सय बढी खेलाडी सहभागी बनेका । संघीय संरचना अनुसार प्रदेश खेलकुद विकास परिषद गठन भएपछि प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरेर बागमती प्रदेश सरकारले इतिहास रचेको छ ।

    Advertisement

    मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.