हेटौंडा/फिडेमास्टर क्षितीज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जीत तथा दुईमाबराबरी गरेका क्षितीजले ६ अंक बनाउदै नगद ५० हजार रुपैंया समेत प्राप्त गरे । पाचौं तथा सातौं चरणमा क्रमशःझापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमाल सँग बराबरीको नतीजा आत्मसात गरेका क्षितीजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवाल माथि जीत हात पारेका थिए ।
झापाकाप्रकाश र धनकुटाका सुमन श्रेष्ठलाई टाईब्रेकरमा पछि पार्न सफलभएकाक्यान्डिडेटमास्टर कृष्ण थापाले दोश्रो हुँदै २५ हजार नगदहातपारे । समान ५ दशमलब ५ अंकबनाएकाप्रकाश तेश्रो र सुमन चौथो स्थानमा रहँदै क्रमशः १५ हजार र १० हजार नगदहातपार्न सफल रहे । फिडेमास्टर मनिषहमाल सात खेलबाट पाँचअंकबनाउँदै पाचौं स्थानमा रहेर १० हजार नगदप्राप्त गरे । त्यसैगरी समानपाँचअंकबनाएका फिडेमास्टर रुपेश जयसवाल, झापाका राजन सुवेदी र प्युठानका श्रीकृष्ण श्रेष्ठ क्रमशः छैटौं, सातौं र आठौं हुँदै सात–सातहजार नगदहासिल गरे ।
समान ४ दशमलब ५ अंकबनाएकाझापाका सुश्रुत दाहालनवौं र दोलखाकाआशिषफुँयालदशौं हुँदै सात–सातहजार नगदप्राप्तगरे । समान४ दशमलब ५ अंकबनाउँदै धनुषाकाशुसीलचौधरी, तीनपटकका राष्ट्रिय च्याम्पियनबद्रीलाल नेपाली, चितवनका सन्तोष गौतम, काठमाडौका पुरुषोतम सिलवाल र बाराकानिर्मल सापकोटा क्रमशः एघारौं देखि पन्ध्रौं स्थानमा रहीपाँच–पाँचहजार नगदहासिलगर्न सफलभए।
पूर्व राष्ट्रिय महिलाच्याम्पियनसिन्दीरा जोशीमहिला खेलाडी मध्ये अब्बलहुँदै नगद ५ हजार प्राप्तगरिन भने रामेछापका बिमल सुवेदी अनरेटेडतर्फ पहिलो हुँदै ५ हजार नगदहातपारे । त्यसैगरी काठमाडौका विजय टमाटा (१०००–१२९९), रुपन्देहीकाचमनगाहा मगर (१३००–१४९९),चितवनकाजुनानाथ सापकोटा (१५००–१६९९) र मकवानपुरका बलराम संजेल (१७००–१८९९) रेटिङ क्याटागोरीतर्फ पहिलो हुँदै पाँच–पाँचहजार नगदहासिलगर्न सफलभए ।
प्रतियोगितामाविजयीखेलाडीहरुलाई बागमतीप्रदेशकापूर्वमुख्यमन्त्री डोरमणी पौडेल, नेपालबुद्धिचाल संघका अध्यक्षएकालालश्रेष्ठ, नेपाल खेलकुदमहासंघका संगठन विभागप्रमुखदिपेन्द्रदाहाललगायतले पुरस्कार वितरण गरे । हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सम्पन्नदुई दिने प्रतियोगितामाविभिन्नजिल्लाका ३ महिला समेत ५२ जना खेलाडीको सहभागीता रहेको थियो ।




