चितवन/नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिका कमिटीको अध्यक्षमा योग बहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २१सदस्यीय महानगर कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
भरतपुर महानगरभित्र रहेका खेलाडी, प्रशिक्षक, रेफ्रि, खेल पदाधिकारी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुखअतिथि एवं महासंघका केन्द«ीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराए।अधिवेशनको उद्घाट्न गर्दै प्रदेश न १ खेलकुद विकास बोर्डका सदस्य सचिव समेत रहेका बस्नेतले खेलकुदलाई मनोरञ्जन र अतिरिक्त क्रियाकलाप मात्र नसम्झेर मानवजीवनको अनिवार्य क्रियाकलापका रूपमा लिनुपर्ने कुरामा जोड दिए ।
अधिवेशनमा महासंघका संगठन विभाग प्रमुख दीपेन्द्र दाहाल, खेल संघ समन्वयविभाग प्रमुखओमकृष्ण प्रसाईँ, बागमती प्रदेश ईन्चार्ज धरम बहादुर लामा, प्रचार विभाग प्रमुख उमेश केसी, विदेश विभाग उपप्रमुख कपिल न्यौपाने, स्थायी कमिटी सदस्य विदुर शर्मा, बागमती प्रदेश अध्यक्ष सीताराम कार्की, चितवन जिल्ला ईन्चार्ज पुष्प जोशी, भरतपुर महानगर इन्चार्ज सुरज थपलिया लगायतको उपस्थिती रहेको थियो ।





