भरतपुर/राष्ट्रिय युवा संघ नेपाल भरतपुर १२ वडा कमिटिले अाज राम वहादुर राना ( डेनि कान्छा) काे स्मृतिमा खुल्ला रक्तदान कार्यक्रम अायाेजना गरेकाे छ, नेकपा(एमाले) वागमती प्रदेश कमिटि सचिव माननीय विजय सुवेदी प्रमुख अतिथि, माननीय दावादाेर्जे लामा, नेकपा(एमाले) चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, डाक्टर तिलचन्द्र भट्टराई विशिष्ट अतिथि रहनुभएकाे साे कार्यक्रममा ४४ जना रक्तदाताले रक्तदान गरेका थिए l
Advertisement

कार्यक्रममा राष्ट्रिय युवा संघ चितवन ईन्चार्ज सुशील के सि, जिल्ला संयाेजक शंकर अधिकारी, केन्द्रीय सचिवालय सदस्य अश्विन घिमिरे लगायतकाे उपस्थिति रहेकाे थियाे। भरतपुर -१२ सुर्य चोकमा भएकाे रक्तदान कार्यक्रमकाे अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल भरतपुर १२ का संयाेजक सागर वम्जनले गरेका थिए ।




