• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

नवलपुरको गैंडाकोट ४ मा अचार बनाउने तालिम सम्पन्न, व्यवसायिक उत्पादन गर्ने प्रतिवद्धता


  •   शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
  • गैँडाकोट/नवलपुरको गैंडाकोट नगरपालिका वडानम्वर ४ का महिलाहरूलाई एक दिने अचार बनाउने तालिम प्रदान गरिएको छ । आरभ मल्टि एग्रो मिडिया कम्पनी प्रा.लि. भरतपुरको आयोजनामा शुभश्री टोल विकासमा रहेका महिलाहरुलाई तालिम प्रदान गरिएको अध्यक्ष प्रकाश सिग्देलले जानकारी दिनुभयो ।
    महिलाहरुलाई घरेलु लघु उद्यमी वन्न सहयोग पुग्नेगरी स्थानीय उत्पादनलाई प्रयोग गरेर अचार बनाउन सिकाईएको उहाँको भनाई छ । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी,खाद्य निरीक्षक प्रदिप काफ्ले र साल्ट टेड्रीङ कर्पोरेशनका विकास अधिकारीले प्रशिक्षण दिनुभएको हो ।
    अचार बनाउने व्यवहारिक अभ्यास सिकाएर उद्योग दर्ता, खाद्य ऐन तथा आयोडिन परीक्षण गर्न समेत सिकाइएको थियो ।
    नगरप्रमुख छत्रराज पौडेलले महिलाहरूलाई आत्मनिर्भर गराउन व्यवसायिक विभिन्न विषयगत तालिम दिंदै आएको बताउंदै सिपलाई व्यवहारमा लैजान सुझाव दिनुभयो ।
    समापन कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपानेले अन्य देशका नागरिकले गैँडाकोटका कतिपय पेशा ओगटेको भन्दै सीप भए खाली हात बस्नुनपर्ने बताउनुभयो। सिप लिएपछि व्यवसायिक वन्न सुझाव दिँदै वडाबाट हुनसक्ने सहयोगका लागि आफू तयार रहेको बताउनुभयो । आफूभित्र रहेको अथाह क्षमतालाई पहिचान गर्नसक्नुपर्ने बताउँदै कोभिडले महिलालक्षित धेरै कार्यक्रम गर्न नसकेको बताउनुभयो। विदेशबाट कमाएर नेपाल पठाउने रकम उत्पादनक्षेत्रमा लगाउन उहाँको सुझाव थियो ।
    कार्यक्रममा कार्यपालिका सदस्य संगीता घिमिरे पण्डीत, नेकपा एमाले नवलपुरका सदस्य गिरीराज उपाध्याय, नेपाल वार एशोसियसन नवलपुरका सदस्य जनक ढुङ्गाना, शुभश्री टोलविकास संस्थाका अध्यक्ष रामचन्द्र घिमिरे, शिवशक्ति तेल मिल रिफाइनरी उद्योगका संचालक टिपक सापकोटा, जनक आधारभूत विद्यालयका प्रधानाध्यापक वामदेव घिमिरे,मैत्री समाजका अध्यक्ष अमृतकान्त पण्डित, सामाजिक अगुवा विश्वनाथ नेपाल,डिल्ली सिग्देलको उपस्थिती थियो ।
    मौलाकालि बचत समूहका अध्यक्ष सीता घिमिरेले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा बोल्ने वक्ताहरुले सिप लिएपछि व्यवहारमा लैजान र कम्तिमा घरमा आवश्यक पर्ने अचार आफै बनाउन सुझाव दिनुभएको थियो ।
    तालिमलाई शिवशक्ति तेल मिल रिफाइनरी उद्योग र मौलाकालि बचत समूहको सहयोग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।
    समापन कार्यक्रममा बोल्दै सहभागीमध्येबाट दिव्यश्वरी वाग्लेले एक दिने सिपले अचारको व्यवसायिक उत्पादनमा लाग्न प्रेरणा मिलेको बताउनुभयो । साथै तालिममा सहभागीहरुले व्यवहारिक अभ्यासका क्रममा बनाएको अचार अतिथिहरुलाई उपलब्ध गराएका थिए ।
    सहभागी हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक , घननाथ अधिकारी, प्रदिप काफ्ले, बिकास अधिकारी, जनक आधारभुत बिद्यालयका प्रधानाध्यापक बामदेब घिमिरे, मौलाकालि बचत समूह अध्यक्ष सीता घिमिरे, शिबशंक्ति तेलमिल रिफाईनरि उद्योगका अध्यक्ष दिपक सापकोटा र शुभश्री टोल बिकास संस्थाका अध्यक्ष रामचन्द्र घिमिरे लाई सम्मान पत्र द्वारा सम्मान प्रदान गरिएको थियो । कार्यक्रम अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा भएको थियो ।

    Advertisement

    शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.