चितवन/चितवनको भरतपुर महानगरपालिका वडा नं १२ का भूमिहिन तथा सुकुम्बासीहरुको जग्गा नापजाँच कार्य सुरु गरिएको छ। भुमि प्राप्तिको राष्ट्रिय अभियान अन्तर्गत जग्गा नापजाँच कार्य गरिएको हो । राष्ट्रिय भुमि आयोग चितवनले गएको फाल्गुन ४ गते मेयर रेनु दाहालको हातबाट निस्सा बाढेसगैँ यतिवेला धमाधम जग्गा नापजाँच कार्य सुरु गरिएको हो ।
Advertisement
भुमिहिनहरुलाई लालपूर्जा वितरण प्रक्रियाका लागि निस्सासगौ जग्गा नाँपजाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सीनाले जानकारी दिए ।
यतिवेला जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नाँपजाँच तीव्र पारेको तिमिल्सीनाले बताए । अध्यक्ष तिमिल्सीना वडा अध्यक्ष नरेन्द्र कन्दवाले संयुक्त रुपमा नापजाँच प्रक्रिया सुरु गरेका थिए ।




