भरतपुर/“व्यावसायिक एकता आजको आवश्यकता” भन्ने नाराका साथ स्थापित डिजिटल एण्ड मिडिया संघ चितवन–नवलपुरको विशेष बैठकले फ्लेक्स प्रिन्टको मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको छ । समायोजन गरिएको नयाँ मूल्य अनुसार साधारण फ्लेक्स प्रिन्टको प्रति स्क्वायर फिट रु ४०, क्वालिटी फ्लेक्स प्रिन्टको रु ५०, फ्लेक्स प्रिन्ट र फेम्रिङ प्रति स्क्वायर फिट रु१००, साधारण रिफलेक्टि स्टिकर प्रति स्क्वायर फिट रु १५०, टुडि बोर्ड प्रति स्क्वायर फिट रु १२५०, थ्रिडी लेटर प्रति स्क्वायर फिट रु २००, स्कोलिङ बोर्ड सिंगल कलर रु ६००० लगायतको नयाँ अन्य दररेट कायम गरिएको डिजिटल एण्ड मिडिया संघ चितवन–नवलपुर तदर्थ समितिका अध्यक्ष गुनराज दाहालले जानकारी दिनुभयो ।

डिजिटल एण्ड मिडिया संघ चितवन–नवलपुर तदर्थ समितिका अध्यक्ष गुनराज दाहाल, उपाध्यक्ष निर्जनी श्रेष्ठ, सचिव दिपक शर्मा, कोषाध्यक्ष भूमी सापकोटा, सदस्यहरु विनोद श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिता श्रेष्ठ अधिकारीको संयुक्त संयुक्त रुपमा हस्ताक्षर गरी नयाँ मूल्यसूची प्रकाशित गरिएको छ ।
कोभिड–१९ को मारमा परेका फ्लेक्स व्यवसायीहरु म्हामारीका कारण जनजीवन असहज र सामान्य हुन नपाउँदै बजारमा उपभोग्य तथा दैनिक जीवनमा अत्यावश्यक पर्ने वस्तुहरुको अत्याधिक मूल्य वृद्धिले प्रभावित भईरहेको अवस्थामा डिजिटल एण्ड सोसँग सम्बन्धित व्यवसायीहरुलाई समेत प्रत्यक्ष पारेको व्यवसायीहरुको गुनासो छ ।
डिजिटल होर्डिङ बोर्ड, फ्लेक्स तथा अन्य विज्ञापन सम्बन्धि कच्चा पदार्थको मूल्य बढी व्यवसाय सञ्चालनमा कठिनाई परेको र मूल्य वृद्धिका कारण मूल्य समायोजन गर्दा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति सजक हुँदै ग्राहकवर्ग उचित मूल्य र व्यवसायीको व्यवसाय सञ्चालनमा केही राहत पुग्ने उद्देश्य बमोजिम डिजिटल एण्ड मिडिया संघको बैठकले मूल्य समायोजना गरी सम्पूर्ण यससँग सम्बन्धितमा जानकारी गराइएको छ ।




