वीरगञ्ज/नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा २२ राष्ट्रिय महलिा उद्यमी सम्लेलनको फागुन २६ गते सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट समुद्घाटन भएको थियो ।
उक्त महाधिवेशनमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको नेतृत्वमा चितवन उद्योग संघबाट पूर्व अध्यक्ष भीमबहादुुर पाण्डे, उपाध्यक्ष गजेन्द्र अधिकारी, कार्यसमिति सदस्यहरु प्रतिभा श्रेष्ठ, गोपाल प्रसाद गैरे, चितवन औद्योगिक विकास साकोसका लेखा समिति संयोजक गोविन्द अर्याल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर, निर्वतमान अध्यक्ष सुधा सुवेदी पौडेल, सचिव दक्षिणा गैह्रै न्यौपाने, महिला उद्यमी मञ्चका पूर्व अध्यक्षद्वय रिता ढकाल घिमिरे, तारा देवी काफ्ले, घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको तर्फबाट महाधिवेशन प्रतिनिधिको रुपमा महिला उद्यमी मञ्चकी उपाध्यक्ष सृजना सोती र पर्यवेक्षकको रुपमा संघका उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेल, सदस्य जुनु पौडेल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको वीरगञ्जमा सम्पन्न २५ औं राष्ट्रिय महाधिवेशन तथा २२ राष्ट्रिय महिला उद्यमी सम्लेलनले उमेश प्रसाद सिंहको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ । चितवन उद्योग संघबाट प्रतिनिधिको रुपमा सहभागी हुनुभएको उद्योगीहरु मध्ये महासंघको केन्द्रीय सदस्यमा चितवन उद्योग संघका पूर्व अध्यक्ष भीमबहादुर पाण्डे, चितवन औद्योगिक विकास साकोसका लेखा समिति संयोजक गोविन्द अर्याल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी निवर्तमान अध्यक्ष सुधा सुवेदी पौडेल र महासंघको महिला उद्यमी समितिको सदस्यमा गीता पौडेल निर्विरोध निर्वाचित हुनुभएको थियो । निर्वाचित सम्पूर्ण सदस्यज्यूहरुलाई संघको तर्फबाट हार्दिक
Advertisement
बधाई एवम् शुभकामना व्यक्त गर्दछौं ।





