भरतपुर/चितवन उद्योग संघ युवा उद्यमी मञ्चको आयोजनामा गुरुमन्त्र २.१ कार्यक्रम सम्पन्न भयो ।
चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा गुरु चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले आफू एक सफल उद्यमी भईरहँदा गरेका संघर्षका कथा, संघर्षको समयमा परेका समस्या र त्यसका समाधानका विषयमा सहभागी युवा उद्यमीहरुलाई आफ्नो जीवनमा आइपरेका उतारचढावलाई चित्रण गर्नुभएको थियो । गुरु कँडेलले युवा उद्यमीहरुलाई भविष्यमा उद्योग व्यवसायमा कसरी लाग्ने भन्ने विषयमा प्रेरणा समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी युवा उद्यमीहरुले उद्यमका विषयमा राखेका जिज्ञासाहरुलाई गुरु त्रिलोचन कँडेलले आफ्ना सान्दर्भिक भनाईसँगै प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की र मञ्चका निवर्तमान अध्यक्ष अमर घिमिरेले संयुक्त रुपमा कार्यक्रमका प्रमुख व्यक्ति गुरु त्रिलोचन कँडेललाई सम्झनाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा युवा उद्यमी मञ्च कालिकाका अध्यक्ष प्रकाश पौडेल, युवा उद्यमी मञ्च इच्छाकामनाका अध्यक्ष भगवान नेपाल लगायत २२ जना युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।
युवा उद्यमी मञ्चका सदस्य एवम् कार्यक्रमका संयोजक अनिष काफ्लेले सञ्चालन गर्नुभएको गुरुमन्त्र कार्यक्रमलाई युवा उद्यमी मञ्चका कार्यसमिति सदस्य रमेश पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।





