• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रत्ननगर महोत्सवकाे प्रदेशमन्त्रीद्धारा उद्घाटन

"चिकेन एण्ड एग फुड फेष्टिबल "

  •   सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
  • रत्ननगर/पूर्वी चितवनको टिकौलीचौरमा रत्ननगर महोत्सव २०७८ सुरु भएको छ । महोत्सवको ११औं संस्करण बागमती प्रदेशका उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री मिलनबावु श्रेष्ठले उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन पूर्व नेपाल माविको प्राङ्गढबाट शोभायात्रा निकालिएको थियो । काँग्रेसका नेता तथा पूर्व शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी,एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, माओवादी केन्द्रकी नेतृ तथा प्रदेश साँसद कन्चन खनालले महोत्सवको स्टेज उपयोग गर्दै एमसिसीको बारेमा धारण राखेका थिए । महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि श्रेष्ठले चितवनमा उत्पादनमुलक उद्योग सञ्चालनको लागि प्रदेश सरकारले लगानीको बाताबरण बनाउने बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले थलापरेको नेपालको अर्थतन्त्रलाई जोगाउन सरकारले व्यवसायीलाई पुर्नकर्जा उपलब्ध गराउनु पर्ने बताए । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले कोरोनालाई आत्मसाथ गर्दै आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताए ।

    Advertisement

    कार्यक्रममा महोत्सव मुल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकुष्ण श्रेष्ठले चितवनलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्न माग गरे । उद्योगमैत्री नीतिको अभावका कारण लगानीको बाताबरण सृजना हुन नसकेको भन्दै उनले यस तर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए । फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्सवमा महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने उनको भनाई छ । महोत्सवमा ४२५ कक्ष रहने छन । ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन सक्षम हुने आयोजकको विश्वास छ । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको महासचिव निराजन खनालले जानकारी दिए । कार्यक्रममा प्रदेश मन्त्री कृष्णप्रसाद भूर्तेल,उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ,नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने,चितवन उद्योग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

    भोलीदेखि चिकेन एण्ड एग फुड फेष्टिबल
    रत्ननगर । चितवनको रत्ननगरमा भोली सोमबार देखि चौथो चिकेन एण्ड एग फुड फेष्टिबल सुरु हुदैछ । रत्ननगर महोत्सव अन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसंगै जोडिएको ठाँउमा फेष्टिबल आयोजना गरिएको हो । आयोजक रत्ननर उद्योग बाणिज्य संघले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पोल्टीको राजधानी मानिने चितवनमा कुखुराको मासु र अण्डाको खपत बढाउन र महत्व बुझाउन फुड फेष्टिबल आयोजना गरिएको संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । २५ वटा स्टल रहने फुड फेष्टिबलमा २० वटा अण्डा र १० वटा कुखुराको मासुको परिकार उपलब्ध गराउने फुड फेष्टिबल राजेन्द्र कुमार श्रेष्ठले बताए । कुखुराको मासु र अण्डाको लगवा माछा र बुंगुरको परिकार सहित नेवारी,थारु समुदायका खानाका परिकार समेत उपलब्ध हुने उनले बताए । संघका अध्यक्ष अनिककृष्ण श्रेष्ठले पोल्ट्री र माछाको खपत बढाउने र उपभोगबाट हुने फाइदाका विषयमा जानकारी दिने उद्देश्यले फुड फेष्टिबल आयोजना गरिएको बताए । फुड फेष्टिबल वागमती प्रदेशका पशुपंछी विकासमन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्नेछन । पत्रकार सम्मेलनमा संघका बरिष्ट उपाध्यक्ष शंकर गिरी,पूर्वी चितवन कुखुरा व्यवसायी संघका अध्यक्ष हरिकृष्ण खनाल लगायतको सहभागिता रहेको थियो । फेष्टिबलमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने छ ।

     

    सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.