उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का शुभचिन्तक एवम् बरिष्ठ पत्रकार टिकादत्त तिमिल्सिनाका भाई बुहारी एवम् मिडियाका शुभचिन्तक उदय तिमिल्सिनाकी धर्मपत्नी गायत्री तिमिल्सिनाको ४४ वर्षको उमेरमा भएको असामयिक निधनले मिडिया परिवारलाई स्तब्ध बनाएको छ । शोकको यस दुःखद् घडीमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्त परिवारजन तथा इष्टमित्रहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना प्रकट गरियो । तिमिल्सिनाको स्वर्गारोहणले मिडियाले एक असल, इमान्दार अभिभावक गुमाउनु परेकोमा शोक प्रकट गरेको छ । शोक सन्तप्त परिवारप्रति मिडियाका अध्यक्ष राजु भट्ट, प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ र निर्देशक कपिलसागर कर्माचार्यले समवेदना व्यक्त गर्नुभएको थियो ।
यसैगरी साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाका भाई बुहारी गायत्री तिमिल्सिनाको असामयिक निधनप्रति सञ्जालले समवेदना प्रकट गरेको छ । समवेदना प्रकट कार्यक्रममा सञ्जालका निवर्तमान अध्यक्ष राजु भट्ट, सह–सचिव नविनबाबु मरहठ्ठा लगायतको उपस्थिति रहेको थियो ।





