रिवेल इन्टरटेमेण्टको प्रस्तुति पुष्प प्रधानको आज म नै एक्लो भएनी को म्युजिक भिडियोको भरतपुरस्थित फुडल्याण्ड होटलमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । प्रधानकी धर्मपत्नी ज्योति प्रधानको जन्मदिनको अवसर पारेर उक्त आज म नै एक्लो भएनी को भिडियो सार्वजनिक गरिएको थियो ।

गगन प्रधानले निर्देशन गर्नुभएको उक्त म्युजिक भिडियोमा युवा व्यवसायी, समाजसेवी एवम् कलाकार पुष्प प्रधान, नेपाली सिनेमा क्षेत्रमा आफ्नो अमूल्य योगदान दिईसक्नु भएका नायक आकाश श्रेष्ठ, मोडल करुना श्रेष्ठको अभिनय रहेको छ ।
चर्चित गायक एवम् कार्यक्रम प्रस्तोता सुगम पोखरेलले स्वर दिनुभएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट भएको र म्युजिक भिडियोले राम्रो बजार ओगट्न सक्ने कार्यक्रममा सहभागी उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले जानकारी दिनुभयो ।




