भरतपुर/उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.द्वारा सञ्चालित उज्यालो टाईम्स अनलाइनको प्रवास विभागमा रही महत्वूर्ण पूर्ण योगदान दिईसक्नु भएका भरतपुर–२५, शुक्रनगर निवासी हाल व्यवसायको सिलसिलामा कुबेतलाई आफ्नो कर्मथलो बनाईरहनु भएका बुद्धिराम चौधरीलाई उज्यालो अनलाइनको प्रवास विभाग प्रमुख र सह–सम्पादकको जिम्मेवारी प्रदान गरिएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को मिति २०७८ पौष ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले चौधरीलाई प्रा.लि.मा शुरुवाती दिनदेखि आवश्यक सल्लाह, सुझाव र सहयोग गरेको र प्रवाससँग सम्बन्धित गतिविधिहरु, सुचना, समाचार लगायतका विषयमा काम गरिसकेको आधारमा प्रवास प्रमुख र सह–सम्पादकको जिम्मेवारी दिइएको प्रा.लि.का अध्यक्ष राजु भट्टले जानकारी दिनुभयो ।
हाल कुबेतमा आफ्नो व्यवसायसँगै विभिन्न संघ–संस्थासँग आवद्ध भई कुवेतका आसपासका क्षेत्रमा सफल युवा व्यवसायीको रुपमा आफूलाई चिनाई सक्नु भएका चौधरी यसअघि उज्यालो मिडियाको निर्देशकमा रही काम गरिसक्नु भएको थियो । आशा छ चौधरीले अबका दिनहरुमा समेत उत्तिकै महत्वका साथ मिडियाको प्रबर्धनका लागि कार्य गर्नुहुनेछ भन्ने विश्वास प्रा.लि.को रहेको छ ।




