भरतपुर/नेपाल कुखुरा व्यवसायी मञ्चले चितवनका विभिन्न स्थानहरुमा पुगी आफ्ना संस्थामा आवद्ध उद्योगहरुबाट उत्पादित अण्डाहरुलाई वितरण गर्ने अभियानको थालनी गरेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष डा.रेवन्त कुमार भट्टराईको नेतृत्वमा बुधबार मंगलपुरमा रहेको विश्वप्रकाश उच्च मा.वि.का चारसय ५० भन्दा बढी विद्यार्थीहरुलाई अण्डा वितरण गरेको हो । अण्डा वितरण कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव रामलाल भुषाल, कार्यसमिति सदस्यहरु म्दन चिरञ्जीवी पोखरेल, मनोज रानाभाट, दिपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाल कुखुरा व्यवसायी मञ्चले १५ गते बिहीबार भरतपुर अस्पताल र वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताललाई समेत अण्डा वितरण गर्ने, १६ गते रत्ननगर अस्पताललाई र १७ गते शनिबार चितवन फुडल्याण्डमा सेमिनार गर्ने नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।





