भरतपुर/चितवन फिजिकल फिटनेस सेन्टर, चितवन जिम हाउसको भरतपुर शाखाको शुभारम्भ गरिएको छ । चितवन फिजिकल फिटनेश एवम् चितवन जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न भरतपुर शाखाको १३ औं धर्मश्री बडी बिल्डिङ्गका टाइटल होल्डर, एबिबिएफ एण्ड डब्लुबिपिएफ गोल्ड मेडलिष्ट महेश महर्जनले झन्डोत्तोलनसँगै रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महर्जनले शरीरलाई स्वस्थ राख्नका लागि व्यायाम आवश्यक हुने हुँदा व्यायामका साथै खानपानमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले चितवन हरेक क्षेत्रले परिचित जिल्ला भएकोले फराकिलो क्षेत्रफल, ठुलो क्षमताको जिम हाउस खुल्नुले पनि चितवनको जिमको भविष्य उज्जवल रहेको बताउनुभयो । २०५१ सालमा स्थापना भएको चितवन जिमले भरतपुरको क्षेत्रपुर, रिजालचोक तथा नवलपुरको गैंडाकोट गरि तीन स्थानबाट सेवा दिइरहेको जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङले बताउनुभयो । चितवनकै पहिलो जिम हाउसको रुपमा नारायणगढबाट चितवन जिम हाउसले सेवा सुरु गरेको थियो ।

जिममा जिमसँगै जुम्बाका कक्षाहरु पनि सञ्चालन गरिएको र ५० जनाको क्षमताको जुम्बा हल रहेको गुरुङ्गले बताउनुभयो । जिममा दैनिक तीन जना प्रशिक्षकले जिमको प्रशिक्षण दिनेछन् । यस्तै दुई जना जुम्बा प्रशिक्षक रहेका छन् । जिमका लागि पाँच हजार रुपैयाँ आजीवन सदस्यता शुल्क तोकिएको छ । शुभारम्भको दिन भर्ना हुनेहरुको लागि ५० प्रतिशत छुट गरिएको गुरुङले बताउनुभयो ।
यसैबीच चितवन जिम हाउस भरतपुर शाखाको शुभारम्भको अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो । जिम हाउस परिसरमा नै भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेको चितवन जिमका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राकेशमान श्रेष्ठले जानकारी दिनुभयो । चितवनमा देखिएको रगत अभाव पूर्तिका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।
केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा रहेको जिम हाउसलाई भरतपुर–१० रिजाल चोकमा स्थानान्तरण गरिएको हो ।
गुरुङ्ग दम्पत्तीलाई २१ औं वर्षगाँठको अवसरमा शुभकामना

चितवन फिजिकल फिटनेश एवम् चितवन जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङ र उहाँकी धर्मपत्नी लक्ष्मी गुरुङ्ग २१ औं बैवाहिक वर्षगाँठको अवसरमा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.ले शुभकामना व्यक्त गरेको छ ।
उज्यालो टाईम्स मिडियाका अध्यक्ष राजु भट्ट, प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, निर्देशकहरु डोलबहादुर कार्की (अविनाश), अनिलकुमार श्रेष्ठ, कपिल सागर कर्माचार्यले संयुक्त रुपमा गुरुङ्ग दम्पत्तीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।





