• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

न्यूज लाइन्स् मिडिया प्रा. लि. को छैठौ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्यतापुर्वक सम्पन्न


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • काठमाडौं /न्यूज लाइन्स् मिडिया प्रा. लि. को छैठौ वार्षिकोत्सव समारोह भव्यतापुर्वक सम्पन्न भएको छ । शनिवार शिवपुरी डाँडागाउँ स्थित रोयल भिल्ला रिसोर्टमा आयोजित ‘वार्षिकोत्सव एवं सम्मान’ कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीको विशिष्ठ आतिथ्यतामाझ सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न लागेको बताए । ‘वार्षिकोत्सव एवं सम्मान’ कार्यक्रमलाई संवोधन गर्दै उनले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न वर्तमान सरकार लागेको जनाए । “समृद्ध नेपाल निर्माणका लागि सरकार लागेको छ, सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माण गर्दैछ”, उनले भने । मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिका रहेको बताउँदै विदेश जाने युवाका लागि तालिम प्रदान गर्न सरकारले सातै प्रदेशमा तालिम केन्द्र निर्माण गर्न लागेको बताए । सामाजिक सुरक्षा कोषलाई सरकारले कडाइका साथ लागू गर्न खोजेको उनको भनाई थियो । त्यसैगरि कार्यक्रमका विशिष्ठ आतिथि पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्रको मेरुदण्डका रूपमा नेपाली पत्रकारिता क्षेत्र अगाडि बढेको भन्दै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गरे । पूर्वमन्त्री केसीले अनलाइन पत्रकारिताले जनतालाई तत्काल सुसूचित गर्ने कार्य गरेको बताउँदै आवाजविहीनहरूका आवाज बन्न अनलाइनलाई आग्रहसमेत गरे । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले नेपाली अनलाइनले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने राय राखे । सो अवसरमा न्यूज लाइन्स मिडियाका अध्यक्ष राजु भट्टले पत्रकारिताको भावना र मर्मअनुसार न्युजलाइन्स मिडियाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको बताए । साथै उनले मिडियाले आगामी दिनहरुमा समेत नागरिकहरुको आवाज बनेर निर्भिक रुपमा अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा संचारकर्मीहरुको तर्फबाट मन्तव्य धारणा राख्दै वरिष्ठ पत्रकार सरोज ओझा न्युजलाइन्स मिडियाले सदैव स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्दै आएको उल्लेख गर्दै राजनीतिक दलहरुले स्वार्थ केन्द्रित पत्रकारितालाई प्रश्रय दिदै आउनु बिडम्बनापूर्ण रहेको बताए । कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। कोरोना भ्याक्सिन लगाएका पर्यटकलाई नेपालमा निर्वाध रुपमा हिँड्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई थियो । सो अवसरमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुसलमानले नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण (रेमिटेन्स) को योगदान २८ प्रतिशत रहेको उल्लेख गर्दै सोको उचित मुल्यांकन हुनु पर्ने धारणा राखे । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति एवं समाजसेवी रामप्रसाद न्यौपानेले अनलाइन मिडियाले समाजमा भएका कमजोरीलाई कुनै लोभ र लालचमा नपरी औँल्याउनुपर्ने जनाएका थिए । कार्यक्रममा सार्थक नेपाल अभियानका अध्यक्ष भरत गौतम, नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश सदस्य भक्त श्रेष्ठ, लगायतले अनुशासित र मर्यादित ढङ्गले पत्रकारिता गर्न संचारगृह एवम् पत्रकारहरुलाई आग्रह गरेका थिए । न्यूज लाइन्स मिडियाकी प्रबन्ध निर्देशक रीता ढकालले समृद्ध नेपाल निर्माणका लागि सकारात्मक समाचार सम्प्रेषणलाई न्यूज लाइन्स मिडियाले सधैँ अग्रभागमा बसेर कलम चलाउने बताईन्। कार्यक्रममा समाजमा विशेष योगदान पु¥याउने रामप्रसाद न्यौपाने, शिवहरि गिरी, नीरज सिटौला, पुष्कल मल्ल, अनिल पोखरेल, शिवलोचन पराजुली, महेशजङ्ग कुँवर,आनि भीम सुवा गुरुङ, तुलसा कोइराला, भक्तबहादुर (बिबी) कार्की,सुशीला थापा, नवीना खड्का, भुषण महर्जन र सोभा पौडेललाई सम्मान गरिएको थियो ।

    Advertisement

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.