भरतपुर/१४ अाै निर्माण दिवस-२०७८ काे अवसरमा अाज मिति २०७८ मंसिर २१ गते देवघाटधाम तनहुँमा निर्माण व्यवसायी संघ चितवनकाे संयाेजनमा वृद्दवृद्दाका लागि निर्मित सभाहल उद्घाटन, भाेजन तथा नगद वितरण कार्यक्रम सम्पन्न।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहज्यूकाे प्रमुख अातिथ्यतामा, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनवावु घिमिरेकाे विशिष्ठ अातिथ्यतामा, नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान उप महासचिव सुर्यप्रसाद तिमिल्सिना, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्यहरु हाेमकुमार शर्मा, हरिप्रसाद घिमिरे, निर्माण व्यवसायी संघ चितवनका पुर्व अध्यक्षहरु श्रीप्रकाश कँडेल, राजेन्द्रमणी काफ्ले, विनयकुमार खतिवडा, वागमती प्रदेश महासंघ सदस्य राजुकुमार सडाैला तथा कार्यक्रम संयाेजक केशवप्रसाद लामिछानेवाट मन्तव्य व्यक्त गरिएकाे थियाे।
निर्मित सभाहल कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहज्यूवाट उद्घाटन गरिएकाे थियाे भने सभाहल निर्माणमा अगुवाई गर्नुभएका संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका हरिप्रसाद घिमिरेज्यूले निर्माण गर्दा देखिएका गतिविधि प्रष्ट पार्नुभएकाे थियाे। कार्यक्रमकाे अध्यक्षता निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष श्री उमानन्द कँडेलज्यूले सभाहल निर्माणका लागि सहयाेग गर्नुहुने सहयाेगदाता निर्माण व्यवसायीहरुलाई धन्यवाद तथा अाभार प्रकट गर्दै अागामि माघ ७ र ८ गते सम्पन्न हुने २८ अाै साधारणसभा तथा अधिवेशनमा सम्मान गर्ने प्रतिवद्दता सहित कार्यक्रम समापन गर्नुभएकाे थियाे। कार्यक्रम संघका महासचिव पुस्तकप्रसाद गाैतमले सञ्चालन गर्नुभएकाे थियाे।





