देवघाट तनहुँ/ देवघाट गाउँपालिका ४ नम्बर वडामा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयका कक्षा एक देखि कक्षा सात सम्म अध्यनरत एक सय जना आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई टयाकसुट,टिसर्ट र टोपी वितरण गरिएको थियो।
तनहुँ व्यास नगरपालिका अजय कष्ट फर्निचर उद्योग संचालक बाबुराम पुरिले करीब अंसी हजार बराबरको ट्रकसुत र टिसर्ट वितरण गर्नु भएको थियो। साथै ४५ वटा टोपी भने देवघाट वडा नम्बर ५ का समाजसेवी पुर्ण बहादुर कुवरले विद्यार्थीहरुलाई दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाकाको विकट वडा भित्र वडा नम्बर चार पनि पर्ने हुँदा यहाँको बिकासको लागि र शैक्षिक गुणस्तरको लागी गाउँपालिकाको बजेटले मात्र नपुग्ने हुदा प्रदेश र केन्द्र पनि बजेट माग गरि शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा बिकासको लागि अगाडी बढाउने बताउनु भएको थियो। साथै विकट ठाँउमा आइ यति ठुलो सहयोग गर्नुहुने दात बाबुराम पुरि र पुर्ण बहादुर कुवरलाई धन्यवाद दिनु भएको थियो।
कार्यक्रम मा बिशिस्ट अतिथिको रुपमा देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकासको क्रम अगाडी बढिरहेको र शैक्षिक क्षेत्र बिकासको लागि पनि कुनै कसर नराखी आफू सधैं लागि पर्ने उहाँले बताउनु भएको थियो। कार्यक्रममा स्वागत मनतव्य श्री राष्ट्रिय आधारभुत विद्यालयका शि िक्षका दिलमाया गुरुङले राख्नु भएको थियो। अन्य अतिथिहरुमा देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदी, डिभिजन वन कार्यालयका उप-सचीव ,देवघाट चार नम्बरका वडा अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य भोगीमाया राना र अनिता गुरुङ, बाबुराम उप्रेती,अ
जय कष्ट फर्निचर उद्योगका बाबुराम पुरि,देवघाट गाउँपालिकाका इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना,शिक्षक अभिभावक संघका अध्यक्ष ओम बहादुर भुजेल,देवघाट ४ का ने.क.पा.अध्यक्ष कबिराज गुरुङ र ने.बि.संघका अध्यक्ष हरि कुवरको उपस्थिति रहेको थियोे । कार्यक्रम भने विद्यालय ब्यवस्थापन संघका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




