भरतपुर/चितवन उद्योग संघ ३० औं साधारण सभा एवं १६ औं अधिवेशनले २०७८/०८० को लागि नयाँ कार्यसमिति चयन गरेको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले त्रिलोचन कँडेलले नेतृत्वमा नयाँ समिति चयन गरेको थियो । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलद्वारा अध्यक्षको प्रतिवेदन पेश भएको कार्यक्रममा संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी संघका उपाध्यक्ष एवं आर्थिक विभाग संयोजक सूर्यप्रसाद न्यौपानेले संघको आर्थिक प्रतिवेदन (आ.व. २०७७/०७८) प्रस्तुत गर्नुभएको थियो भने विधान मस्यौदा समितिका संयोजक उपाध्यक्ष मदन घिमिरेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । चितवन जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिको सदस्यहरुमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य र चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल निर्वाचन अधिकृतको भूमिका रहनु भएको थियो ।

सभाले नयाँ कार्य समितिको अध्यक्षमा त्रिलोचन कंडेल, उपाध्यक्षहरुमा सुर्य प्रसाद न्यौपाने, मदन घिमिरे, गजेन्द्र अधिकारी, युग राज वस्ती, मदन चिरञ्जिवी पोखरेल, तारा वहादुर कार्की, कार्यसमिति सदस्यहरुमा गोविन्द्रप्रसाद खनाल, युवराज पाठक, चन्द्रकान्त सुवेदी, सुदिप कुमार ओली, भोजराज खनाल, नरबहादुर नेपाल, प्रतिभा श्रेष्ठ, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, डा प्रमोद लामिछाने, दिनुप कुमार बराल, दण्डपाणि भट्ट, महेन्द्र वहादुर बानियाँ, पुरुषोत्तम रिजाल, अमर घिमिरे, प्रमेश्वर भण्डारी, चन्दना कोइराला, दुर्गालाल सापकोटा, पार्वती कुवँर, सुरेन्द्र कार्की, वसन्त पौडेल, विशाल चापागाई रहनुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघ पूर्व अध्यक्ष मण्डलका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका पूर्व अध्यक्ष तथा गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहट्टाले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्यसमितिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
Advertisement




