• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

संरक्षक परिषदको अपमान गर्ने काम स्वीकार्य हुदैन : आचार्य


  •   शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित
  • काठमाडौँ/गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले संरक्षक परिषदको अपमान गर्ने काम नगर्न आग्रह गरेका छन । ‘एशिया प्रशान्त क्षेत्रलाई लक्षित गरी विदेशको पूँजी आर्जन, सीप, दक्षता र स्वेदशमा लगानी र स्वरोजगार’को विषयमा भर्चुअल छलफल कार्यक्रममा आचार्यले महाधिवेशन प्रतिनिधि छनौटमा भएका अनियमितता ढाकछोप गर्ने प्रयास भैरहेको बताए । कार्यक्रममा बोल्दै आचार्यले गैर आवासीय संघ सबै नेपालीको साझा संस्था भएकाले सबैलाई समेट्ने स्पष्ट पारे । आफु अध्यक्षमा विजयी भएमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता उनले व्यक्त गरे । म्यानमार, थाइल्याण्ड,मलेसिया लगायतका मुलुकमा कैयौं पुस्तादेखि बसोबास गरिरहेका नेपाली मूलका नागरिकहरुका लागि ‘पिएनओ’ को व्यवस्था गर्न आफु लागि पर्ने उनले बताए । ‘सन २०१२ देखि न्यूनतम १ लाख र अधिकतम १ करोड जम्मा गरेर एनआरएन इन्भेस्टमेन्ट कम्पनी शुरु गरिएको थियो,’ उनले भने, ‘विदेशमा बस्ने सबै नेपालीलाई समेटेर नेपालमा लगानीको अवसरका लागि खोलिएको कम्पनी थियो ।’ नेपालमा सानातिना काम बाट व्यवसाय शुरु गर्ने अवसर भएकाले अब आउने नेतृत्वले साना लगानीलाई पनि अवसर दिने बताए । ‘साना लगानीकर्ता गैर आवासीय नेपालीले गरेको लगानीको महसुस हुनेगरी काम गर्नुपर्छ’ उनले भने ।

    Advertisement

    त्यसैगरी अध्यक्षका उम्मेदवार आचार्यले महाधिवेशनमा सदस्यता, प्रतिनिधिको विषयमा उठेको विवादलाई समाधान, अनियमितता सुधार्दै समयमै चुनाव हुनुपर्नेमा जोड दिए । ‘विभिन्न तिकडमबाजीका नाममा संस्थालाई दुरुपयोग नहोस् । विधि र विधानमा संसारभरका नेपालीको आत्मसम्मान हुनेगरी काम होस् । कसैको जित र हारका लागि नहोस् । सही र सत्य होस् । संस्थालाई मर्यादित र प्रतिष्ठित बनाउनको लागि अघि बढ्नुपर्छ’ आचार्यले भने । आचार्यले एनआरएन बचाउन लाग्न नेतृत्वलाई आग्रहसमेत गरे । ‘साँच्चै हामी संस्था बचाउन चाहेका छौं । संरक्षकहरुसँग छलफल गरेपछि अपमान गर्न मिल्छ ? अहिलेको परिस्थितिमा जसजसले गल्ती गरेका छौं, सच्चाएर जान तयार हुनुपर्छ’, उनले भने, ‘जुन किसिमले सानोतिनो खेल खेलेर संस्थालाई दुर्भाग्यपूर्ण वातावरणतिर धकेलिँदैछ यो मान्य छैन । सहज गर्नतिर नेतृत्व लागोस् ।’ एनआरएनका कोषाध्यक्ष महेश श्रेष्ठले गैर आवासीय नेपाली संघमा भएका जति पनि विवाद छन् ती अविश्वासको रहेको स्पष्ट पारे । उनले संघलाई कस्तो बनाउने भन्ने विषयमा सोच्नुपर्ने बताए । ‘पक्ष विपक्ष पनि हुनु हुँदैन । सामाजिक संस्थामा अति ध्रुविकरण पनि हुनुहुँदैन । आपसी सहमति, सहकार्य, विश्वास चाँहि हुनुपर्छ’ उनले भने । त्यसैगरी एनआरएन आइसीसीका उपाध्यक्ष पदका उम्मेदवार त्रिलोक गुरुङले एनआरएनमा म्यानमार, थाइलैण्डमा रहेका नेपाली भाषीहरुलाई समेट्नुपर्ने बताए ।

    ’विदेशमा कमाएको पूँजी नेपालमा लगानी’ एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिव पदका उम्मेदवार डा.केशव पौडेलले नेपालीहरुले दुख गरेर विदेशमा कमाएको सानो पूँजी पनि नेपालमा लगानी गर्न सक्ने गरी योजना बनाउने बताए । ‘पूँजी भित्राउने र देशमा कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने एनआरएन अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘पूँजी मात्रै होइन, ज्ञान, सीप, दक्षतालाई कसरी देशमा लैजान सकिन्छ भनेर हामीले ठोस काम गरेर देखाउने छौं ।’ धेरै कमाउनेले मात्रै नेपालमा लगानी गर्न सक्छन भन्ने धारणा तोडेर सामुहिक लगानीलाई संस्थागत रुपमा अघि बढाएर जाने डा. पौडेलले बताए । ‘थोरै आम्दानी भएका धेरैलाई सहभागी गराएर पूँजी नेपाल भित्राउने योजना छ । योजना आयोगसँग बसेर छलफल गरेर थुप्रै काम गर्नुपर्ने छ’, महासचिवका उम्मदवार पौडेलले भने, ‘संस्थालाई पारदर्शी, समावेशी बनाउन, संस्थाको इमेज सुधार गर्न सकेमा सबैको संस्थाप्रति आकर्षण बढ्नेछ ।’ आइसिसी सचिव पदका उम्मेदवार खगेन्द्र न्यौपानेले विदेशमा गएर सिकेको सीप ज्ञान हस्तान्तरण, स्वदेशमा लगानी गर्नमा लागि परेको बताए । ‘सामुहिक लगानी, विदेशमा बसेका गैरआवासीय नेपालीहरुले सोच्नुपर्छ । मलेसिया,कोरिया र मध्यपूर्वमा गरिने सानो कमाइलाई सही ठाउँमा लगानी गर्नको लागि कार्ययोजना बनाउनुपर्छ,’ न्यौपानेले भने, ‘जस्तै मलेशियाबाट तीनचार वर्ष काम गरेर फर्कँदा जम्मा गरेको रकम अनुत्पादक काममा खर्च गरेको देखिन्छ । आफूले कमाएको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुपर्ने उनले बताए । उनले जुन देशमा बसेपनि नेपालमै लगानी बढाउने सपना रहेको बताए । ‘जति कमाएका छौं नेपालमा धेरै थोरै लगानी गर्नेछौं,’ उनले भने बिदेशमा रहेका नेपालीलाई नेतृत्व, सीप दक्षता बढाउनतिर लाग्नुपर्छ ।’ कार्यक्रममा एनआरएन एशिया प्रशान्त क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठले विदेशबाट रेमिट्यान्स भित्राए पनि अन्य देशमा फिर्ता पठाउने गरेको तीतो यथार्थ सुनाए । उनले नेपालमा सामूहिक लगानी गर्नुपर्ने महसुस भएको बताए । ‘एनआरएनले ठूला प्रोजेक्टको काम थालेको छ । रोजगारको खोजीमा झोला बोकेर विदेश हामी आउनुपरे पनि अबको पुस्ता आउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, श्रेष्ठले भने, ‘सामूहिक लगानीको शुरुवात भएको छ । अब पक्कै पनि देश विकासमा टेवा पुग्ने आसा छ । छिमेकी देशहरुले देशमा लगानी भित्राएर विकास गरेका छन् । हामीले जोसँग जे सिकेका छौं देशमा लगानी भित्राएर काम गर्नेछौं,’ उनले भने । त्यसैगरी एशिया प्रशान्त क्षेत्रीय संयोजक पदका उम्मेदवार विनोद कुँवरले वाध्यतावश विदेशमा बस्नु परेको अवस्थालाई स्पष्ट पार्दै नेपालसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा टिम बन्दै गरेको बताए । त्यसै अनुसार योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘विदेशमा आफूले कमाएको योग्यता, पूँजीलाई संस्थागत रुपमा लगानी गर्ने योजना रहेको छ,’ उनले भने ।

    शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.