भरतपुर/पर्यटन दिवसको अवसरमाआयोजीत वक्तृत्वकला प्रतियोगितामा परिवेश चपागाईं प्रथम भएका छन् । चितवन र नवलपुरका विभिन्न७लियो क्लवहरुलाई पछि पार्दै लियो क्लबअफ भरतपुर युथका चपागाईं प्रथम भएका हुन् । ४२औँ विश्वपर्यटन दिवसको अवसरमा लियो क्लब अफ गीतानगरले कोरोनाले थलिएको पर्यटन विकासमा युवा र युवा आवद्ध सामाजिक संस्थाको भूमिका बिषयमा उक्त प्रतियोगीता आयोजना गरेको थियो ।
प्रतियोगीतामा लियो क्लबअफ चितवन पर्साका देवेन्द्रश्रेष्ठ द्धितीय हुदा लियो क्लबअफ चितवन विरेन्द्रनगरकी अन्जना सिलवाल तृतीय भएकी थिईन् । विजेताहरुलाई नगद र प्रमाण पत्र पुरस्कृत गरिएको कार्यक्रम संयोजक शान्ति रिमालले बताईन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडी, पर्यटन व्यवसायी सुमन घिमिरे, देभेन लोहनी लगायतको उपस्थितीम उनीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको निर्णायको रुपमा क्षेत्रीय होटल संघ सौराहा चितवनका निर्वतमानअध्यक्ष सुमन घिमिरे, संचारकर्मी अपिल घिमिरे र सविताअधिकारी रहनु भएको थियो । भरतपुर १३, पृथ्वीनगरको कमलपोखरी तथा दुर्गा मन्दिरको परिसरमा भएको प्रतियोगीतामा लायन्सको जि.एस.टी कोडिनेटर कमल प्रसाद श्रेष्ठ, लियो क्लब आफ गीतानगरका संस्थापकअध्यक्ष एवम् लयन्स क्लवअफ गीतानगरका संसथपकअध्यक्षअशोक कोइराला, लियो डिस्ट्रक काउन्सील ३२५ बि २ का एक्जुकेटिभ सेक्रेटरी पुरुषोत्तम सुवेदी, लियो डिस्ट्रक काउन्सील ३२५ बि २ का एरिया कोडिनेटर विज्ञान पौडेल, लियो डिस्ट्रक काउन्सील ३२५ बि २ का रिजन कोडिनेटर दिपेश ज्ञावाली र लियो क्लब अफ गीतानगरका पुर्व अध्यक्षहरुको विशेष उपस्थिती रहेको थियो ।
कोभिडका कारण थलापरेको पर्यटन विकासमा यस्ता कार्य उपलब्धिमुलक हुने बताएका थिए । लियो क्लब आफ गीतानगरका अध्यक्ष विवेक पोख्रेलले क्लबले पर्यटकीय गतिविधी र पश्चिम चितवनका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि निरन्तर काम गर्ने समेत बताएका छन् । देवराज सापकोटा सम्मानीत क्लबले पश्चिम चितवनको पर्यटन विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै भरतपुर ६ निवासी देवराज सापकोटालाई सम्मान गरेको छ । वरण्डाभार क्षेत्रमाहात्ती सयर र ट्रयाकिङ्ग पर्यटनको शुभारम्भ सँगै पश्चिम चितवनको पर्यापर्यटन विकासमा नेतृत्व गरेको भन्दै क्लबले विश्व पर्यटन दिवसको अवसर पारेर कदर पत्र सहित सम्मान गरेको हो।




