चितवन/नेपाल तरुण दल चितवनको उपाध्यक्ष पदमा हेमन्त बास्तोला ‘विश्व’ मनोनित भएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का प्रतिनिधि युवा नेता बास्तोला यस अघि उनी तरुण दल चितवनका प्रवक्ता थिए । उपाध्यक्ष पदमा मनोनित भए पश्चात बास्तोलाले उनी भन्छन्, आफ्नो कार्यकालमा तरुण दल चितवनले मुहार फेर्ने विश्वास व्यक्त गरेका छन् । उनले आगामी दिनमा पार्टी र युवाको भावनालाई आत्मासाथ गरेर अघि बढ्ने बताएका छन् । नेपाल तरुण दलको विधी विधान र मर्यादा भित्र रहेर पार्टीलाई गतिशिल बनाउने बताएका छन् । उनले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास पनि दिलाएका छन् ।
Advertisement




