• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

एनआरएनए अध्यक्षमा आचार्य र महासचिबमा पौडेलसहितको उम्मेदवारी


  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
  • काठमाडौ /गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनएका पूर्वउपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानविन गर्न माग गरे ।

    आचार्यले आफू निर्वाचित भएमा संस्थाभित्र गरिएका अनियमितताहरूलाई बाहिर ल्याउने घोषणा गरेका छन् । उनले संघभित्र सानो समूहले चरम दुरुपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरिएको बताए । ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरूको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु, पैतृक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु,’ आचार्यले भने ।

    Advertisement

    अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदहरूको संख्या कम्तिमा एक सय पुर्याउने घोषणा गरेका छन । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरू निष्क्रिय रहेका छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा रहेको छ । गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोडने आचार्यको योजना रहेको छ । उनले थाइल्याण्ड, म्यानमार, मलेसियालगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषणा गरे ।
    पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन । उनी लण्डनका स्थापित व्यवसायी र समाजसेवी हुन । करिब दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए । हाल संघको केन्द्रीय सल्लाहकार रहेका आचार्य पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन ।

    वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने
    अध्यक्षका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्घोष गर्दै मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीहरूको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरेका छन । आचार्यले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने बताए । विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवद्र्धनका लागि अभियान चलाउने उनको योजना रहेको छ । प्रवासी नेपालीहरूको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे ।
    नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने आचार्यले बताए । ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ,’ उनले भने, ‘नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो ।’
    आचार्यको उम्मेदवारीलाई संघका ६५ मध्ये झण्डै दुइतिहाई राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूले समर्थन गरेका छन । आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ । सोही कार्यक्रममा एनआरएनए उपाध्यक्ष मन केसीले उपाध्यक्षमा, एनआरएनए सचिब आरके शर्माले उपाध्यक्षमा, एनआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मीले युवा उपाध्यक्षमा, एनआरएनए पुर्वसचिब जानकी गुरुङले महिला उपाध्यक्षमा, एनसीसी अमेरिकाका पूर्वअध्यक्ष एवं संरक्षक डा. केशव पौडेलले महासचिव पदमा, एनआरएनए एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले सचिबमा, एनआरएनए मध्यपुर्व संयोजक प्रविन गुरुङले सचिबमा, एनआरएनए युरोप संयोजक नारायण आचार्यले सचिबमा, एनआरएनए मध्यपुर्व सहसंयोजक मनोज गोर्खालीले युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुले कुल आचार्यलाई आफुहरुको पूर्ण समर्थन रहेको जनाउदै आ–आफनो पदमा उम्मेदवारी घोषणा गरेका थिए ।


    उक्त कार्यक्रममा एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलगायत उम्मेदवारी घोषणा गरेका सबैलाई शुभकामना दिँदै विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिएका छन ।
    घोषणासभामा एनआरएनए उपाध्यक्ष मन केसी, आइसीसी सल्लाहकार सोम सापकोटा, विश्वआदर्श पण्डित, एसी शेर्पा, हरिबोल भण्डारी , आईसिसि मानार्थ सदस्य शनिकुमार ओली,एनसीसी अमेरिकाका सल्लाहकार वेद खरेल, पूर्वकोषाध्यक्ष हिक्मत थापा, एनआरएनए युएसएका अध्यक्ष बुद्दि सुवेदी, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ,एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ,एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा,एनआरएनए नेदरल्याण्डका महासचिब सिता क्षेत्रि लगायतले कुल आचार्य लगाएत उम्मेदवारी घोषणा गरेका सवैलाई बिजयको शुभकामना व्यक्त गरेका थिए । आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ ।

    कुल आचार्यप्रति व्यापक समर्थन


    संघको महासचिव पदमा अमेरिका निवासी एनसीसी अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका डा. केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकास्थित एक अस्पतालका मेडिकल डाइरेक्टर पौडेल एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता हुन । आचार्यको नेतृत्वमा संघलाई पारदर्शी र परियोजनामुखी बनाउने अभियान अन्तर्गत आफूले महासचिव पदमा उम्मेदवारी दिएको पौडेलले बताए ।
    अधिकांश एनसीसीहरुले समर्थन ‘टिम कुल’ लाई

    आचार्यको उम्मेदवारीलाई संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद एनसीसी हरुले समर्थन जनाएका छन । अफ्रिका क्षेत्रका सबै एनसीसीहरु, एनसीसी अस्ट्रिया, अमेरिका, क्यानाडा, युके, अस्ट्रेलिया, मकाउ, मलेसिया, कोरिया, म्यानमार, कम्बोडिया, थाईल्याण्ड, सिंगापुर , फ्रान्स, स्पेन, पोर्चुगल, आयरल्याण्ड, साइप्रस, नेदरल्यांड्स, नर्वे, डेनमार्क, पोल्याण्ड, पोर्चुगल,कतार,युएई,ओमान,कुवेत लगायत मध्यपूर्वका अधिकांश एनसीसीहरुले कुल–केशव टिमलाई समर्थन जनाएका छन् । कार्यक्रममा संघका उपाध्यक्ष सोनाम लामाले आचार्यलाई शुभकामना दिदै गैर आवासीय नेपाली नागरिकतालाई जति सक्दो चाडो कार्यान्वयन गर्नु पर्ने बताए ।

    यस्ता छन् आचार्यका मुख्य कार्ययोजनाहरू

    पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।
    म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन ९(पएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।
    संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुर्याउने ।
    राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुर्याउने ।
    नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने छ ।
    बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रर्वद्धन तथा परियोजना सहमति ९द्यक्ष्एएब्० एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने छ ।
    खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडि बढाइने छ ।
    कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने छ ।
    एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने छ ।
    विदेशमा हुर्कीरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गरिने छ ।
    एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिनेछ ।

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.