भरतपुर /भरतपुर महानगरपालिका वडा नं. १० स्थित सावित्री दवाडीको घरबाट नगद सुनचाँदीका गरगहना समेत चोरी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले भरतपुर म.न.पा. वडा नं. ११ स्थितमा जिल्ला धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २४ कि पुष्पा सिटौलालाई प्रक्राउ गरेको हो । फलामको रड समेत बोकी हिँडेको अवस्थामा निजको साथबाट चौध हजार तीन सय पचपन्न रुपैयाँ नगद, चार थान सुनको मुन्द्रा, एक थान फलामको रड, एकथान कैंची, एघार थान बिभिन्न फोटोहरू, एक थान पर्फ्युम, एक थान भिवो कम्पनीको मोबाईल ेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेकी पुष्पाथ सिटौलालाई चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ । कानूनी व्यबस्था बमोजिम उनलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद –२० चोरी तथा डाँका सम्बन्धी कसूरको दफा २४२ चोरी गर्ने गराउने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
नगद, सुनका गहना, मोबाईल सहित मानिस प्रक्राउ
नगद, सुनका गहना, मोबाईल सहित मानिस प्रक्राउ
Advertisement
तपाईको प्रतिक्रिया




