• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कांग्रेसको जगलाई थप बलियो बनाउने उद्देश्य र नेता-कार्यकर्ताको चाहनाका कारण सभापति उम्मेदवारी दिन लागेको हो : भुसाल


  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
  • चितवन/ चितवनमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ/नगर अधिवेशनको माहोल तातेको छ । कांग्रेसको परिमार्जित कार्यतालिका अनुसार आगामी असोज ९ गते देशभर कांग्रेसको गाउँ/नगर अधिवेशन हुँदैछ । सोही क्रममा चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनी समकालीन राजनीतिकर्मीहरुमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि उनले बिद्यार्थीकालदेखि हालसम्म धेरै त्याग गरिसकेका छन् । आसन्न अधिबेशनमा उनले जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । भुसालले कांग्रेस राजनीतिमा ४ दशक लामो समय खर्चेका छन् ।

    Advertisement

    ०३६ सालदेखि राजनीति यात्रा शुरु गरेका भुसालले जिल्लाका बिभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले ०३६ सालमा तन्नेरी उमेरदेखि नेबिसंघबाट राजनीति शुरु गरे । ‘म पहिलो पटक बिपी कोइरालाको भाषणबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ, उनले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ अब चितवन कांग्रेसलाई नयाँपन दिनका लागि म उम्मेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पुर्ण आशाबादी छु । कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्लाबासीलाई महसुस गराउन र जनताको सुख-दुखमा सधैं सहयोगी बन्न आँफुले सभापतिमा चुनाव जित्ने बिश्वास व्यक्त गरे ।

    भुसालले कांग्रेसका लागि भौतिक, आर्थिक र नैतिक रुपले धेरै सहयोग गर्दे आएका छन् । कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला चितवनबाट चुनावमा उठ्दा आर्थिक र भौतिक रुपमा सबैभन्दा अगाडी बढेर सहयोग गर्न भुसाल नै खटिएका थिए । उनले सुशील कोइरालालाई आफ्नै घरमा राखे । चुनावमा आर्थिक रुपमा सहयोग गरे । दिनरात उनि चुनावी प्रचारमा खटिए । जतिबेला सुशील उठ्ने निर्वाचन क्षेत्रमा उनि स्वंय उठ्ने चर्चा थियो । तर, उनले श्रद्धेय नेतालाई आफ्नो दावी छोडेर सुशील कोइरालाको प्रचारमा होमिए । भुसालले राजनीति रुपमा मात्र नभई आर्थिक रुपमा कांग्रेस पार्टीका, नेता र दुख पाएका कार्यकर्तालाई ठुलो धनराशी सहयोग गर्दे आएका छन् । उनले पदको लोभ गरेनन् । उनी ०६२/०६३ सालको जनआन्दोलनमा चितवनको कार्यवाहक सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसकेका छन् । उनले आँफु भन्दा जुनियरलाई पनि मौका दिएर त्यागको उदाहरण देखाएका छन् । भुसाल पद भन्दा कर्तव्य ठुलो भएको भन्दै कांग्रेसमा निरन्तर खट्दै आएका छन् ।

    ‘धेरै साथीहरुको जोडबलले बेलाबेलामा कुनै न कुनै जिम्मेवारी सम्हाल्न त पुग्छु, तर, मैले पदका लागि जर्वजस्ती कहिल्यै गरिन्, उनले भने,‘ मैले पदकै लागि अनेक खेल खेल्न जानिन ।’ पदको लागि मरिहत्ते नगर्दा पार्टीमा निरन्तर खट्दा समेत जिल्ला तहबाट माथि जान नसकिएको दुखेसो उनको छ । अझै जिल्लाकै सेवामा खटिन मन भएकोले यसपाली सभापतिमा उम्मेदवार दिन लागेको उनले सुनाए । निष्ठा र कर्मको राजनीतिमा लागेर चितवनको उदाहरण बनेका भुसाललाई यसपाली जिल्ला सभापतिमा जिताउन कांग्रेसका अधिकांश कार्यकर्ताहरु खटिएका छन् । तत्कालिन मंगलपुर गाबिसमा ५ तिर सहसचिब, त्यसपछि क्षेत्रीय समितिको सचिब लगायत बिभिन्न जिम्मेवारीमा उनले कुशतापुर्वक भुमिका निर्वाह गरेका छन् ।‘लोकतन्त्रका लागि मैले सम्पुर्णलाई सहयोग गर्दे आएँ । अब मलाई कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, भुसालले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाको लागि लडेको छु । बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु, यसपाली मलाई भोट दिएर चितवन कांग्रेसको सभापतिमा जिताउनुहोला ।’ सभापतिको पदमा बसेर चितवनको समग्र उन्नति र कांग्रेसलाई अझ गतिशिल बनाउन आफ्नो दायीत्व हुने उनले बताए । भुसाल चितवनमा कांग्रेसको निष्ठावान् नेताको छबि बनाएका नेतामा पर्दछ ।

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.